काठमाडौं– नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले ठूलो मात्रामा लागुऔाषध बरामद गरेको छ।
विभिन्न किसिमका औषधिजन्य लागुऔषध, गाँजा, चरेशसहित १५ जनाभन्दा बढी मान्छे पक्राउ गरिएको एनसीबीले जनाएको छ।
चेनको रुपमा लागुऔषधको कारोबार गर्ने गिरोहको सञ्जालले भारतदेखि काठमाडौंसम्म ल्याएर बेचबिखन गर्ने गरेको पाइएको छ। यी गिरोहका १५ सदस्यलाई पक्राउ गरिएको एनसीबीले जनाएको छ।
यसबारे आइतबार दिउँसो १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने एनसीबीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।