काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे सरकार र राजनीतिक पार्टीसँग छलफल गर्दैछ।
जसका लागि आज आइतबार आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणसहित विभिन्न १२ राजनीतिक दलका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ। प्रधानमन्त्री देउवा भने आयोग जाने वा नजाने निश्चित भइसकेको छैन।
आगामी निर्वाचनका लागि दलहरुसँग आचारसंहिताको विषयमा छलफल गर्न लागेको आयोगले जनाएको छ।
मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा आयोगले छलफल गर्न लागेको जनाएको छ।
आयोगले केही दिनमा आचारसंहिता लागू गर्ने तयारी गरेको छ। त्यसअघि दलहरूबाट प्रतिवद्धता लिन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।