• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शेखर समूहको दबाबले देउवालाई गठबन्धनमा बल 

64x64
नवीन झा आइतबार, असोज ९, २०७९  ०७:०५
1140x725

काठमाडौं– सत्तागठबन्धन भित्र सिट बाँडफाँटलाई लिएर रस्साकस्सी चलिरहँदा शनिबार नेपाली कांग्रेसको एउटा समूहका दोस्रो तहका नेताहरुले खबरदारी सभा गरे। उसो त आउँदो निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गरेर अघि बढ्ने निष्कर्ष निकालेसँगै कांग्रेसभित्र शेखर कोइराला संशकित देखिए। उनले सार्वजनिक कार्यक्रमहरुमा त्यसपछि लगातार यस बारेमा प्रश्न उठाउँदै आए र कांग्रेसले सय सिट भन्दा तल झर्नु हुँदैन भन्ने अडान सार्वजनिक रुपमा राख्न थाले।

यो बीचमा शेखर कोइराला समूहका नेताहरुले कैयौंपटक आफ्नो समूहको बैठक गरेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई घच्घचयाइसकेका छन्। उनीहरुले पार्टीले लिने सिट र सभापतिले बाँड्ने टिकटकाबारेमा बारम्बार प्रश्न उठाउँदै आएका छन्। उनीहरुले त्यही कडी स्वरुप शनिबार खबरदारीसभा नै आयोजना गरे। शुक्रबार अनौपचारिक बैठक गरेका शेखर समूहका दोस्रो तहका नेताहरुले शनिबार खबरदारी सभा गरेर सिट बाँडफाँटबारे पार्टी नेतृत्वलाई चेतावनीमात्रै दिएनन् बरु न्यायोचित ढंगले  टिकट वितरण नभए विद्रोह गर्ने खुल्ला चुनौती पनि पार्टी नेतृत्वलाई दिए।

यसरी देख्दा पार्टीभित्रको तीव्र दबाबमा सभापति तथा प्रधानमन्त्री देउवा देखिन्छन्। समानुपातिक सूची गत सोमबार निर्वाचन आयोगमा बुझाएपछि मंगलबारदेखि पुन: सुरु भएको गठबन्धन बैठक अझै अल्मिएको छ।  शनिबार बोलाइएको बैठक त बस्नै सकेन। नेताहरुले बाहिर जे भने पनि सिट बाँडफाँटमा गठबन्धनलाई सकस परेको प्रष्ट देखिन्छ र कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवामाथिको पार्टीको आन्तरिक दबाबपनि एउटा प्रमुख कारक हो। देउवाले पार्टीभित्र विद्रोहको अवस्था रहेको भन्दै प्रचण्ड र गठबन्धनका अन्य नेताहरुसँग आफ्नो मजबुरी बुझिदिन बारम्बार आग्रह गरिरहेका छन्।

प्रचण्डसहित गठबन्धनका अन्य नेताहरु माधवकुमार नेपाल र उपेन्द्र यादव कांग्रेसलाई सक्दो कम सिटमा कसरी झार्न सकिन्छ किन भन्ने ध्येयमा देखिन्छन्। त्यही भएर शुक्रबार मात्रै प्रचण्ड, नेपाल र यादवले छुट्टै बैठक नै गरे। कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा सिट बाँडफाँटको क्रममा सय सिटलाई बटमलाइन बनाउने तर ९० भन्दा तल नझर्नेमा अडिग छन्। तर, गठबन्धनका नेताहरु कांग्रेसलाई ७५ देखि ८० सिटमा खुम्चाउन चाहन्छन्।

यसरी गठबन्धनभित्रै पनि प्रचण्ड, नेपाल र यादवको तीव्र दबाब झेलिरहेका देउवा आफ्नै पार्टीभित्रको एउटा समूहको लगातारको विरोधका कारण गठबन्धनभित्र आफ्नो अडानभन्दा तल नझर्न बाध्य भएका छन्। शनिबार शेखर कोइराला पक्षले आयोजना गरेको खबरदारी सभामा युवा नेता भूपेन्द्रजंग शाहीले भने, ‘सिट बाँडफाँटको नाममा हाम्रो टिकट काटियो भने पनि हामी निर्वाचनमा उम्मेदवार बन्छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

शाहीले भनेकोजस्तो अवस्था अन्यत्र पनि विद्यमान रहेको स्वयम् कांग्रेस नेताहरुले बताउने गरेका छन्। यही अवस्थाको दबाबले होला गत बुधबार गठबन्धनका नेताहरुसँग देउवाले सिट बाँडफाँटमा बढी सकस देखिएको भन्दै सहजै तालमेल हुने ठाउँमा मात्र तालमेल गरेर अन्यत्र आ–आफ्नो ढंगले निर्वाचनमा जाने गरि सहमति  गर्न प्रस्ताव गरेको श्रोतले बतायो। बाहिर सार्वजनिक नभएपनि त्यसको अन्तर्य  कांग्रेसभित्रको असन्तुष्टि सम्बोधन नै रहेको देखिन्छ।

शेखर कोइराला समूहको निष्कर्षमा सय सिटभन्दा कम कांग्रेसले पाएको अवस्थामा आफ्नो समूहका नेताहरुले टिकट पाउने सम्भावना झनै न्यून भएर जाने छ भने जति बढी सिट कांग्रेसले पाउँछ आफनो समूहका नेताहरु त्यति बढी मात्रामा टिकट पाउने सम्भावना हुन्छ। 

शेखर कोइराला समूहका नेता गुरुराज घिमिरेले शनिबारको सभामा पनि त्यसको आभास आफ्नो सम्बोधनमा दिए। घिमिरेले सबै पार्टीहरुको टाउको मात्रै निर्वाचनमा मिलेर भाग लिए अन्य नेताहरुको र व्यवस्थाको के हुने भन्ने प्रश्न उठाए। उनले गठबन्धनको नाममा शीर्ष नेताहरुले अत्यन्तै जोखिमपूर्ण राजनीति गर्न खोजेको आरोप पनि लगाए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

शेखर कोइराला समूहका नेताहरुले हालै निर्वाचनमा आयोगमा पार्टीले बुझाएको समानुपातिक नामावलीलाई पनि उदाहरणको रुपमा पछिल्लो समयमा प्रस्तुत गरेका छन्। सभापति देउवापक्षले आफना समूहका नेताहरुको नामक्रम संख्याहरुमा अगाडि राखेर अन्य नेताहरुलाई तलको क्रम संख्यामा राखेका छन्। 

समानुपातिकमा पाउने सिट संख्यामा माथिको क्रमबाट राख्ने निर्वाचन आयोगको व्यवस्था छ। जसबारे शेखर कोइराला समूह संशकित छ। शनिबार उनीहरुले त्यो पनि असोज १६ गतेभित्र सच्च्याउन माग गरेका छन्। शेखर कोइरालासहित यो पक्षका पदाधिकारीहरु उपस्थित नभएर दोस्रो तहका नेताहरु यस्ता बैठक र भेलाहरु गर्ने गरेका छन्। जानकारहरु चाहिं यस्ता भेला र बैठकहरुले पार्टी भित्रको दबाब झेलिरहका देउवालाई गठबन्धनमा बार्गेनिङ गर्न बल पनि पुगिरहेको बताउँछन्। 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन... मंगलबार, असोज २७, २०८३
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्