• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बीमा नभएका र मेकानिकल परीक्षण नगरेका सवारीलाई रुट परमिट नदिइने

64x64
नेपाल लाइभ शनिबार, असोज ८, २०७९  १७:१६
1140x725

काठमाडौं– सरकारले चाडपर्वलाई लक्षित गरी सडक सुरक्षा योजना अन्तर्गत बीमा नभएका र मेकानिकल परीक्षण नभएका सवारी साधन चलाउन नदिने भएको छ। 

शनिबार गृह मन्त्रालयमा बसको बैठकले दुर्घटना भइहालेमा बीमा नभएका सवारी साधनको हकमा क्षतिपूर्ति दिलाउन कठिन हुने भएका कारण बीमा नभएका सवारी साधन चलाउन नदिने निर्णय गरेको हो। 

शनिबार गृह मन्त्रालयमा गृह प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको मेकानिकलल परीक्षण नभएका सवारी साधनहरुमा बीच बाटोमा समस्या भइ दुर्घटना हुने जोखिम हुने भएकाले पनि त्यस्ता सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। 

साथै त्यस्ता सवारी साधनलाई रुट परमिट नदिने व्यवस्था मिलाउन यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश कार्यालयमा निर्देशन दिने निर्णय पनि गरिएको छ। 

सरकारले चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिनेगरी बनाएको समितिले यी लगायत विभिन्न १४ निर्णय गरेको छ।

बैठकले चाडपर्वको समयमा यात्रुहरुको अत्यधिक भीड भएको कारण देखाइ सवारी साधनहरुको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने, आवश्यकतानुसार अनुगमन गर्नेसहित १४ निर्णय गरेको हो।

यस्ता छन् निर्णयहरु:
१.गन्तव्य स्थलमा छिटो पुग्न तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरुको समन्वयमा राजमार्गहरुमा स्थान पहिचान गरी टाइम कार्ड लागू गर्ने।

२.चाडपर्वको समयमा यात्रुहरुको अत्यधिक भीड भएको कारण देखाइ सवारी साधनहरुको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने, सो को आवश्यकतानुसार अनुगमन गर्ने। 

nimb
nimb
Ncell 2
Ncell 2

३.हरेक सार्वजनिक सवारी साधनमा प्राथमिक उपचार किट, प्रहरी हटलाइन नम्बरलगायतका आवश्यक सूचनाहरु रहेको स्टिकर, दुर्घटना भएमा संकेत गर्ने वस्तु राख्‍ने र सवारी साधन स्यानिटाइज गर्ने व्यवस्था मिलाउने। चालकले अस्वभाविक किसिमले सवारी चलाएमा गुनासो गर्न सम्पर्क फोन नम्बर सार्वजनिक गर्ने र त्यस्तो गुनासो सुनी तत्काल परिचालित हुन सबै प्रहरी युनिटलाई निर्देशन गर्ने।

४.यातायात व्यवस्था विभागबाट २०७९/०६/०९ देखि मध्यम तथा लामो दूरीमा चल्ने सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुको समन्वयमा उपत्यकाका मुख्य मुख्य स्थानहरुमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाउने।

५.सवारी साधनहरुको सहज सञ्चालनको लागि यातायात व्यवसायी महासंघको तर्फबाट प्रत्येक प्रदेश र जिल्लामा सम्पर्क व्यक्ति तोकी सो को टेलिफोन नम्बरसमेतको जानकारी नेपाल प्रहरीलाई उपलब्ध गराउने।

६.बीमा नभएका सवारी साधन दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाई हुने तथा मेकानिकल परीक्षण नभएका सवारी साधनहरुको बीच बाटोमा यान्त्रिक समस्या देखिइ दुर्घटना हुने तथा यात्रुहरु अलपत्र पर्न सक्ने सम्भावना भएकोले बीमा नभएका र मेकानिकल परीक्षण नभएका सवारी साधनलाई रुट परमिट नदिने व्यवस्था यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश कार्यालयले मिलाउने।

७. मादक पदार्थ र लागू पदार्थ प्रयोग गरी सवारी चलाउँदा दुर्घटनाको सम्भावना हुने भएकोले नियमित र आकस्मिक रुपमा नेपाल प्रहरीबाट सो को चेकजाँच गर्ने व्यवस्था मिलाउने। लागू पदार्थ प्रयोग गरेको सम्बन्धमा लागू औषध नियन्त्रण ब्यूरोको मातहतका कार्यालयबाट टेस्ट किट प्रयोग गरी जाँच गर्ने व्यवस्था मिलाउने।

८.दुर्घटना न्यूनीकरणमा पूर्व सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, डिभिजन सडक कार्यालय, प्रदेश पूर्वाधार कार्यालय, यातायात व्यवस्था कार्यालय तथा यातायात व्यवसायी महासंघको प्रतिनिधित्वमा समिति गठन गरी आवश्यक कार्य गर्ने। सडकमा भएका खाल्डा खुल्डी पुर्न र सडकको आवश्यकतानुसार अवस्था सुधार गर्न डिभिजन सडक कार्यालय, प्रदेश र स्थानीय तहसँग समेत समन्वय गर्ने।

९.यातायात व्यवसायी महासंघको समन्वयमा विद्यमान रिफ्रेशमेन्ट सेन्टरहरुलाई चालू हालतमा राख्‍ने व्यवस्था बुँदा नं. ८ मा गठित समितिले मिलाउने।

१०.दुर्घटना भई हवाई उद्धार गर्नुपर्ने भएमा यातायात व्यवसायी महासंघको समन्वयमा लागत व्यहोर्ने गरी हवाई साधन परिचालन गर्ने।

११.जिल्लास्थित बजार अनुगमन समितिमार्फत् राजमार्गहरुमा रहेका होटल, रेष्टुरेण्टहरुको खानाको परीक्षण गर्ने। गुणस्तर परीक्षण कमजोर भएकाले समयमा सुधार नगरे कानून अनुसार कारबाही गर्ने।

१२.बिग्रेका तथा तत्काल मर्मत गर्नुपर्ने सडकहरुलाई सुचारु रुपले सञ्चालन गर्नका लागि सडक विभागले अन्तर्गतका निकाय र प्रदेश पूर्वाधार कार्यालयलाई अनुरोध गर्ने।

१३.लामो दूरीमा चल्ने सवारी साधनमा दुईवटा चालकको व्यवस्था कार्यान्वयन गर्न नेपाल प्रहरीबाट अनुगमन गर्ने र सो भएको नपाइएमा तत्काल कारबाही गर्ने।

१४.बस व्यवसायीसमेतको समन्वयमा राजमार्गमा सवारी साधनहरुको अनुगमन गर्न तथा सवारी दुर्घटना भएमा तत्काल उद्धार गर्न मातहतका युनिटहरुलाई निर्देशन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाललाई निर्देशन गर्ने।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढी : घाइतेको उपचारका लागि वीर र टिचिङसहित पाँच अस्पताल तयारी अवस्थामा
भोटेकोसी बाढीका १६ घाइते त्रिशूली अस्पतालमा, दुईको अवस्था गम्भीर
‘भीआईपी मुभमेन्टमा ख्याल गरौँ, उद्धारमा सुरक्षाकर्मी नछुटून्’ : रवि लामिछाने
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
रसुवा बाढी : घाइतेको उपचारका लागि वीर र टिचिङसहित पाँच अस्पताल तयारी अवस्थामा बुधबार, भदौ १०, २०८३
भोटेकोसी बाढीका १६ घाइते त्रिशूली अस्पतालमा, दुईको अवस्था गम्भीर बुधबार, भदौ १०, २०८३
‘भीआईपी मुभमेन्टमा ख्याल गरौँ, उद्धारमा सुरक्षाकर्मी नछुटून्’ : रवि लामिछाने बुधबार, भदौ १०, २०८३
बाढीबाट प्रभावित ऊर्जा संरचनाको तत्काल क्षति विवरण संकलन गर्न मन्त्री श्रेष्ठको निर्देशन बुधबार, भदौ १०, २०८३
विपद् व्यवस्थापनका लागि अत्याधुनिक उपकरणमा लगानी गर्न हर्क साम्पाङको सुझाव बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्