बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। शक्रबार राप्तीसोनारी गाउँपालिका-२ का ३६ वर्षीय गमबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत बाँकेको २०७५ जेठ २३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा २ वर्ष ५ महिना ५ दिन कैद सजाय ठहर गरेको थियो।
फरार रहेका खत्रीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदलात बाँकेमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।