काठमाडौं – नेपाली कांग्रेसले घोषणापत्रमा जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत् सुझाव संकलन गर्ने भएको छ।
कांग्रेसको घोषणापत्र निर्माण क्रममा आन्तरिक छलफलदेखि प्रत्यक्ष सार्वजनिक संवाद सुरु गरिसकिएको छ।
‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ भनेर विविध धारणा राख्ने सबैको सुझाव लिने निर्णय घोषणापत्र तयारी समितिले जनाएको छ।
त्यसैले स्वदेश र विदेशमा बस्ने नेपाली कांग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचकहरुसँग सुझावको माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।