रंगेली– विराटनगर महानगरपालिका वडा नम्बर १५ हुलास मेटल चोक नजिकै २ किलो चाँदीसहित शंकास्पद स्थितिमा एक जना पक्राउ परेका छन्।
भारतको जोगवनीबाट नेपाल आउँदै गरेको अवस्थामा अररिया जिल्ला जोगवनी ग्राम पञ्चायत वडा नम्बर १ बस्ने नरेश साहका १९ वर्षीय छोरा दीपककुमार पक्राउ परेका हुन् । उनले आफ्नो शरीरमा सेतो कपडाले बेरेर लुकाई १ लाख ३० हजार ४ सय २० रुपैयाँ बराबरको चाँदीका गरगहना भित्र्याएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
रानीबाट खटेर आएका इलाका प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै जाँदा चाँदीका गरगहना बढी बिक्री हुने लोभले नेपाल ल्याएको हुन सक्ने बताइएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।