काठमाडौं- सत्ता गठबन्धनमा ८० प्रतिशत सिट बाँडफाँटमा सहमति भएको सरकारका प्रवक्ता एवं सिट बाँडफाँट कार्यदल सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन्।
मंगलबार बेलुका बालुवाटारका बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष नजिक पुगेको उनको दाबी छ। अब धेरै सिटमा सहमति हुन बाँकी नरहेको कार्कीले बताए।
उनले सहमति हुन बाँकी रहेका वा धेरै पक्षको दाबी भएका सिटमा छलफल भइरहेको र मंगलबार ८ बजे पुन: बैठक बस्ने जानकारी दिए।
उनले आफूले निर्णायक बैठक भन्न नचाहने भन्दै ८० प्रतिशत सहमति भएको र बाँकी २० प्रतिशतमा कुराकानी भइरहेको दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।