काठमाडौं– मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार साँझसम्म ११ दलले बन्दसूची बुझाएका छन्। सोमबार साँझ ७ बजेसम्म प्रतिनिधि सभातर्फ ११ दलको बन्दसूची दर्ता भएको निर्वाचन आयोगले जानाएको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत ठूला दलहरुको बन्दसूची भने दर्ताको प्रक्रियामै रहेको जनाइएको छ।
प्रतिनिधि सभाका लागि बन्दसूची पेस गर्ने दलमा नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गानाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल छन्।
यस्तै, प्रदेश सभातर्फ प्रदेश १ मा ७, मधेस प्रदेशमा ६, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ दलले बन्दसूची पेस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।