काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
सोमबार बुझाइएको बन्दसूचीमा पार्टीका शीर्ष तहका नेताहरुको नाम पनि समावेश छ। पार्टीका उपाध्यक्ष प्रमेश हमालसहितका नेताहरुले समानुपातिक रोजेका छन्।
समानुपातिक रोज्नेमा उपाध्यक्ष हमालसहित उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, स्थायी कमिटी सदस्य रामचन्द्र यादव, श्रीप्रसाद साह छन्।
यस्तै, स्थायी कमिटी सदस्य भविश्वर पराजुली, केन्द्रीय लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिट्ब्यूरो सदस्य दीलकुमारी पन्त पनि समानुपातिक सूचीमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।