काठमाडौं– नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले घोषणापत्र अनुसार काम नगर्ने पार्टीलाई निर्वाचनमा सहभागी गराउन नहुने माग गरेका छन्।
प्रतिनिधि सभा तथा प्रदेश सभा उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका सुवालले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उक्त माग गररेका हुन्। त्यस्तै, उनले निर्वाचनमा धाँधली गर्नेको उम्मेदवारी खारेजी गर्नुपर्ने धारणा राखेका छन्।
‘घोषणापत्र अनुसार काम नगर्ने पार्टीलाई पछिल्ले निर्वाचना भाग लिन दिन्नु हुन्न’ सुवालले धाँधलीको आशंका गर्दै भने, ‘आजैबाट धाँधली सुरु होला भन्ने छ। यसो गर्नेको उम्मेदवारीको खारेजी गर्नु पर्छ।’
यस्तै, नेमकिपाले सातवटै प्रदेश र संघमा समानुपातिकतर्फको बन्दुसूची बुझाएको पनि उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।