काठमाडौं– नेकपा माओवादी केन्द्र समानुपातिकतर्फको बन्दसूची बुझाउन नेताहरु निर्वाचन आयोगमा पुगेका छन्।
उपमहासचिव बर्षमान पुनका अनुसार प्रतिनिधि सभामा ११० जनाको सूची तयार गरिएको छ।
उनका अनुसार ११० मध्ये ५ जना डा बाबुराम भट्टराईतर्फका छन्। भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। उनी माओवादीको चुनाव चिह्नबाट प्रत्यक्षतर्फ उम्मेदवार हुनेछन्।
माओवादीले आफ्नो पार्टीका १०५ जना र भट्टराईका ५ जना गरी ११० जनाको सूची तयार गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।