काठमाडौं– नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आायोगमा बुझाएको छ।
उक्त पार्टीका नेता गंगालाल तुलाधार नेतृत्वको समूह सोमबार अपरान्ह आयोग पुगरे बन्दसूची बुझाएको हो। निर्वाचन आयोगले असनेज २, ३ गते (आइतबार र सोमबार) समानुपातिकको बन्दसूची बुझाउन दलहरुलाई आह्वान गरेको थियो।
बन्दसूची बुझाउने सोमबार अन्तिम दिनमा अहिलेसम्म १० वटा दलले मात्र बन्दसूची बुझाएको आयोगले बताएको छ। प्रमुख दलहरु भने बन्दसूचीले अन्तिम स्वरुप दिन नसक्दा अहिलेसम्म आयोग पुगेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।