काठमाडौं- नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची टुंग्याउने अन्तिम कसरत गरिरहेको छ। त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ।
बैठकमा प्रत्येक प्रदेशलाई ४० जनाको 'सर्टलिस्ट' तयार गर्न भनिएको छ। जसअनुसार मधेस प्रदेशले ४० जनाकै नाम टुंगो लगाएको कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले जानकारी दिए।
उनका अनुसार, विमलेन्द्र निधिलाई मधेसी कोटाबाट सूचीमा राखिएको छ। उनले सुरुवातदेखि नै समानुपातिक सूचीमा बस्ने इच्छा राखेका थिए। सोही अनुसार उनलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनका लागि सिफारिस गरिएको थिएन।
२०७४ को निर्वाचनमा निधि धनुषा- ३ बाट पराजित भएका थिए। राजपा (हाल लोसपा) का उम्मेदवार राजेन्द्र महतोले ३० हजार ७५० मत पाउँदा कांग्रेस उम्मेदवार निधिले २७ हजार ८४७ मत मात्रै पाएका थिए।
मधेस प्रदेशबाट खसआर्यको कोटाबाट आनन्द ढुंगाना र मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुरलाई राखिएको यादवले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।