काठमाडौं– डेंगु महामारीलाई नियन्त्रण गर्न हाडीगाउँको गहनापोखरी परिसरको सरसफाइ गरिएको छ।
राउण्ड टेबल इन्टरनेशनल वेस्ट च्यालेन्जको आयोजनामा सोमबार काठमाडौंको हाडीगाउँस्थित गहनापोखरी आसपासको क्षेत्रको सरसफाइ गरिएको हो।
डेंगुको संक्रमणलाई मध्यनजर गर्दै सरसफाइ गरिएको राउण्ड टेबलका अध्यक्ष राहुल अग्रवालले जानकारी दिए। सरसफाइसँगै सचेतना मुलक कार्यक्रम गरिएको अध्यक्ष अग्रवालले बताए।
गहनापोखरी वरिपरि र खेलमैदान नजिकै प्रहरी कार्यालयमा डस्टबिन राखिएको छ। कार्यक्रममा राउण्ड टेबल इन्टरनेशनलका उपाध्यक्ष जयन्त अग्रवाल, लेडिज सर्कल इन्टरनेशनलका एप्याकचियर आरती अग्रवाल, लेडिज सर्कल नेपालकी अध्यक्ष मानसा अग्रवाल, फोटी वानक्लब अफ नेपालका राष्ट्रिय अध्यक्ष्य मनोज दास तथा राष्ट्रिय बोर्ड सदस्यहरू र अन्य टेबलरहरूको सहभागिता रहेको थियो।
त्यसैगरि, देशभरबाट संकलन गरिएका बिग्रिएका कम्युप्टर, ल्यापटप, मोबाइल लगायतका इलेक्ट्रोनिक सामग्रीहरु काठमाडौंस्थित डोको नामक संस्थालाई हस्तान्तरण गरिएको राउण्ड टेबल नेपालका महासचिव दिवस सुवेदीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।