काठमाडौं– समानुपातिक सूची बुझाउने अन्तिम दिन नेपाली कांग्रेसका नेताहरू बिहानैदेखि बालुवाटारमा आन्तरिक छलफलमा जुटेका छन्।
आइतबार राति अबेरसम्म पनि नेताहरूले बालुवाटारमा छलफल गरेका थिए। कांग्रेस पछिल्लो केही दिनयता लगातार छलफल र बैठकमा जुटिरहेको छ। तर, पार्टीभित्रका आकांक्षीहरूलाई मिलाउन कांग्रेसलाई सकस परेको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार सोमबार दिउँसोसम्म निर्वाचन आयोगमा नामावली बुझाउनेगरि काम अगाडि बढेको छ।
कांग्रेसले आइतबार सबै प्रदेशका पार्टी सभापतिहरुलाई आ–आफनो प्रदेशबाट आएका नामका बारेमा ब्रिफिङ गरेका थिए। त्यसपछि हेरक प्रदेशबाट ४० जनाको सर्टलिस्ट गर्न लगाइएको एक प्रदेश सभापतिले जानकारी दिए।
कांग्रेसले सोमबारै कार्यसम्पादन समितिको बैठकमा बसेर समानुपातिकको नामावलीलाई अन्तिम रूप दिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।