काठमाडौं– न्याय सेवा आयोगले मंसिर ४ गतेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ।
आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत माग गरेको थियो। आयोगले ९४ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा नाम पठाएको छ।
त्यस्तै, निर्वाचन अधिकृतका लागि ८८ जनाको नाम पठाइएको छ। जगेडा निर्वाचन अधिकृतको रुपमा २० जनाको नाम पठाएको छ। आयोगले न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत र न्याय, कानुन, सरकारी वकिल समूहका कर्मचारीहरुलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको हो।
निर्वाचन आयोगले अब यसरी सिफारिस भएर आएकाहरुलाई जिल्लामा खटाउने छ।
यी हुन् सिफारिसमा परेकाहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।