• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘चोर बाटो’ बाट समानुपातिक सूची बनाउँदै कांग्रेस, तल्लो तहको सिफारिस औपचारिकतामा सीमित

64x64
नवीन झा शनिबार, असोज १, २०७९  १९:४१
1140x725

काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीभित्रका सबै गुटका अगुवा नेताहरुलाई भने- शनिबार आ-आफ्नो गुटको बन्दसूची बोकेर बालुवाटार आउनुहोला। तर, शनिबार प्रतिनिधिसभाको अन्तिम नेताहरु बैठकमा सहभागी हुनुपर्ने भएकाले गुटको बन्दसूची पेस गर्ने बैठक स्थगित भएको छ।

शुक्रबार प्रधानमन्त्री देउवाले पार्टीको समानुपातिक सूचीमा राख्नुपर्ने नामबारे छलफल गर्न नेताहरुलाई बोलाएका थिए। तर बैठक कुन विधिबाट सूची तय गर्ने भन्ने छलफलमै अल्झियो।

उक्त बैठकमा सहभागी एक नेताका अनुसार सुरुमा सिफारिस भएर आएका सबै नाममा एकएक गरी छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए। तर त्यसरी छलफल गर्दा प्रत्यक्ष उम्मेदवार बनेर जाने नेतालाई अप्ठ्यारो पर्ने कुरा उठ्यो। त्यसपछि सभापति देउवाले गुटबाट नाम ल्याएर फाइनल गर्ने उपाय अघि सारेका थिए। गुटबाट आउने नाम आपसमा भिडाएर अन्तिम रुप दिने भन्दै छलफल रोकिदिए। यसले तल्लो तहबाट आएका सिफारिस औपचारिकतामै सीमित हुने संकेत देखिएको छ।

बुधबार बसेको कांग्रेस नेताहरुको बैठकले समानुपातिक सूचीमा नाम तय गर्न चारवटा मापदण्ड तय गरेको थियो। साथै, सभापति देउवाले आठ जना सहमहामन्त्रीलाई समानुपातिकतर्फ क्षेत्रबाट सिफारिस नामहरुलाई क्लस्टर अनुसार छुट्याएर पेस गर्न निर्देशन दिएका थिए।

‘हामीलाई विशुद्ध तलबाट आएका नामहरुको क्लस्टर मिलाउन मात्रै भनिएको थियो’, कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले नेपाल लाइभसँग भने, ‘तर बन्दसूचीमा पर्ने वा नपर्ने निर्धारण गर्ने जिम्मेवारी थिएन।’

निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबारसम्म समानुपातिक सूची बुझाइसक्नुपर्ने छ। तर शनिबार साँझसम्म सूची बनाउने प्रक्रिया नै अनिश्चित छ। कांग्रेस नेताहरुले सूचीका विषयमा अनभिज्ञता प्रकट गरिरहेका छन्।

देउवाले गुटगत रुपमा नामसूची तयार पार्ने संकेत गरेपछि डा शेखर कोइराला समूहको शनिबार बिहानै बैठक बसेको थियो। बैठकले आफ्नो तर्फबाट समानुपातिकमा पर्नुपर्ने सूची तय गर्नुका साथै समानुपातिक र प्रत्यक्षतर्फ ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्ने निर्णय गरेको छ।

नाम मात्रको बैठक, देउवाको ‘कोर समूह’ छुट्टै सक्रिय
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा समानुपातिक सूचीको नाम तय गर्न भन्दै निरन्तर बैठक गरिरहेका छन्। उनले लगातार त्यसबारे छलफल गरिरहेको जस्तो देखिए पनि यो कामका लागि उनको 'कोर समूह' छुट्टै सक्रिय छ। गत बुधबारयता हरेक दिनजसो बैठक गरिरहेको नेताहरु बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

देउवाको 'कोर समूह' को तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित राज्यमन्त्री उमेश श्रेष्ठको समूह सक्रिय छ। उक्त समूहलाई एनपी साउददेखि फरमुल्लाह मन्सुरसम्मका नेताहरुले सघाइरहेका छन्। 

देउवा समूहले आफ्नै ढंगले समानुपातिक सूची बनाइरहेको थाहा पाएपछि नै शनिबार शेखर समूहका नेताहरुले आफ्नो छुट्टै बैठक गरेका हुन् र आफ्नो समूहले ४० प्रतिशत पाउनुपर्ने माग गरेको कांग्रेसका एक नेता बताउँछन्। देउवा पक्षका नेताहरु भने यस बारेमा बोल्न चाहिरहेका छैनन्।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पैाडेलले समानुपातिक सूची कसरी बनाउने भन्नेमा ठोस छलफल भएको नदेखिएको र विधि प्रष्ट पनि नरहेको टिप्पणी गरे।

न संसदीय समिति,  न विधि
कांग्रेसको विधानमा तल्लो तहहरुबाट आएको नामबाट पार्टीको संसदीय समितिले उम्मेदवार चयन गर्नुपर्ने उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मनोनयनभन्दा एक महिनाअघि नै उम्मेदवारहरुको नाम तय गरिसक्नुपर्ने प्रावधान छ। त्यो पालना भएन। गत वैशाखमा संसदीय समिति गठन गरिएको भए पनि देउवाले त्यसमार्फत काम गरेका/गराएका छैनन्।

पार्टीभित्रको आवाजलाई देउवा समूहले नजरअन्दाज गरे पनि निर्वाचन आयोगको समावेशी प्रतिनिधित्वको सवालले देउवाको कोर टिमलाई पनि सकस परेको छ। समानुपातिकतर्फको सूचीमा खस–आर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत हुनुपर्छ। सूचीमा प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ।

कांग्रेसले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ११० जना उम्मेदवारको सूची तयार गर्दा आदिवासी जनजाति ३२, खसआर्य ३४, थारु ७, दलित १५, मधेशी १७ र मुस्लिम ५ जनाको नाम समावेश गर्नुपर्ने हुन्छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष २९० सिट र ३३० समानुपातिका सिटका लागि कांग्रेसको ७७ वटै जिल्लाबाट ८ हजार नामहरु सिफारिस भएको आएको छ। सत्तागठबन्धनका बीचमा चुनावी तालमेल हुने भएपछि कांग्रेसको प्रत्यक्षतर्फ थप सिटहरु कम हुने लगभग निश्चित छ। यस्तो अवस्थामा देउवा पक्षले बनाउने बन्दसूचीले पार्टीको आन्तरिक असन्तुष्टि थप चर्काउने देखिन्छ। 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन... मंगलबार, असोज २७, २०८३
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्