• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘चोर बाटो’ बाट समानुपातिक सूची बनाउँदै कांग्रेस, तल्लो तहको सिफारिस औपचारिकतामा सीमित

64x64
नवीन झा शनिबार, असोज १, २०७९  १९:४१
1140x725

काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीभित्रका सबै गुटका अगुवा नेताहरुलाई भने- शनिबार आ-आफ्नो गुटको बन्दसूची बोकेर बालुवाटार आउनुहोला। तर, शनिबार प्रतिनिधिसभाको अन्तिम नेताहरु बैठकमा सहभागी हुनुपर्ने भएकाले गुटको बन्दसूची पेस गर्ने बैठक स्थगित भएको छ।

शुक्रबार प्रधानमन्त्री देउवाले पार्टीको समानुपातिक सूचीमा राख्नुपर्ने नामबारे छलफल गर्न नेताहरुलाई बोलाएका थिए। तर बैठक कुन विधिबाट सूची तय गर्ने भन्ने छलफलमै अल्झियो।

उक्त बैठकमा सहभागी एक नेताका अनुसार सुरुमा सिफारिस भएर आएका सबै नाममा एकएक गरी छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए। तर त्यसरी छलफल गर्दा प्रत्यक्ष उम्मेदवार बनेर जाने नेतालाई अप्ठ्यारो पर्ने कुरा उठ्यो। त्यसपछि सभापति देउवाले गुटबाट नाम ल्याएर फाइनल गर्ने उपाय अघि सारेका थिए। गुटबाट आउने नाम आपसमा भिडाएर अन्तिम रुप दिने भन्दै छलफल रोकिदिए। यसले तल्लो तहबाट आएका सिफारिस औपचारिकतामै सीमित हुने संकेत देखिएको छ।

बुधबार बसेको कांग्रेस नेताहरुको बैठकले समानुपातिक सूचीमा नाम तय गर्न चारवटा मापदण्ड तय गरेको थियो। साथै, सभापति देउवाले आठ जना सहमहामन्त्रीलाई समानुपातिकतर्फ क्षेत्रबाट सिफारिस नामहरुलाई क्लस्टर अनुसार छुट्याएर पेस गर्न निर्देशन दिएका थिए।

‘हामीलाई विशुद्ध तलबाट आएका नामहरुको क्लस्टर मिलाउन मात्रै भनिएको थियो’, कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले नेपाल लाइभसँग भने, ‘तर बन्दसूचीमा पर्ने वा नपर्ने निर्धारण गर्ने जिम्मेवारी थिएन।’

निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबारसम्म समानुपातिक सूची बुझाइसक्नुपर्ने छ। तर शनिबार साँझसम्म सूची बनाउने प्रक्रिया नै अनिश्चित छ। कांग्रेस नेताहरुले सूचीका विषयमा अनभिज्ञता प्रकट गरिरहेका छन्।

देउवाले गुटगत रुपमा नामसूची तयार पार्ने संकेत गरेपछि डा शेखर कोइराला समूहको शनिबार बिहानै बैठक बसेको थियो। बैठकले आफ्नो तर्फबाट समानुपातिकमा पर्नुपर्ने सूची तय गर्नुका साथै समानुपातिक र प्रत्यक्षतर्फ ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्ने निर्णय गरेको छ।

नाम मात्रको बैठक, देउवाको ‘कोर समूह’ छुट्टै सक्रिय
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा समानुपातिक सूचीको नाम तय गर्न भन्दै निरन्तर बैठक गरिरहेका छन्। उनले लगातार त्यसबारे छलफल गरिरहेको जस्तो देखिए पनि यो कामका लागि उनको 'कोर समूह' छुट्टै सक्रिय छ। गत बुधबारयता हरेक दिनजसो बैठक गरिरहेको नेताहरु बताउँछन्।

Ncell 2
Ncell 2

देउवाको 'कोर समूह' को तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित राज्यमन्त्री उमेश श्रेष्ठको समूह सक्रिय छ। उक्त समूहलाई एनपी साउददेखि फरमुल्लाह मन्सुरसम्मका नेताहरुले सघाइरहेका छन्। 

देउवा समूहले आफ्नै ढंगले समानुपातिक सूची बनाइरहेको थाहा पाएपछि नै शनिबार शेखर समूहका नेताहरुले आफ्नो छुट्टै बैठक गरेका हुन् र आफ्नो समूहले ४० प्रतिशत पाउनुपर्ने माग गरेको कांग्रेसका एक नेता बताउँछन्। देउवा पक्षका नेताहरु भने यस बारेमा बोल्न चाहिरहेका छैनन्।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पैाडेलले समानुपातिक सूची कसरी बनाउने भन्नेमा ठोस छलफल भएको नदेखिएको र विधि प्रष्ट पनि नरहेको टिप्पणी गरे।

न संसदीय समिति,  न विधि
कांग्रेसको विधानमा तल्लो तहहरुबाट आएको नामबाट पार्टीको संसदीय समितिले उम्मेदवार चयन गर्नुपर्ने उल्लेख छ।

मनोनयनभन्दा एक महिनाअघि नै उम्मेदवारहरुको नाम तय गरिसक्नुपर्ने प्रावधान छ। त्यो पालना भएन। गत वैशाखमा संसदीय समिति गठन गरिएको भए पनि देउवाले त्यसमार्फत काम गरेका/गराएका छैनन्।

पार्टीभित्रको आवाजलाई देउवा समूहले नजरअन्दाज गरे पनि निर्वाचन आयोगको समावेशी प्रतिनिधित्वको सवालले देउवाको कोर टिमलाई पनि सकस परेको छ। समानुपातिकतर्फको सूचीमा खस–आर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत हुनुपर्छ। सूचीमा प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ।

कांग्रेसले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ११० जना उम्मेदवारको सूची तयार गर्दा आदिवासी जनजाति ३२, खसआर्य ३४, थारु ७, दलित १५, मधेशी १७ र मुस्लिम ५ जनाको नाम समावेश गर्नुपर्ने हुन्छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष २९० सिट र ३३० समानुपातिका सिटका लागि कांग्रेसको ७७ वटै जिल्लाबाट ८ हजार नामहरु सिफारिस भएको आएको छ। सत्तागठबन्धनका बीचमा चुनावी तालमेल हुने भएपछि कांग्रेसको प्रत्यक्षतर्फ थप सिटहरु कम हुने लगभग निश्चित छ। यस्तो अवस्थामा देउवा पक्षले बनाउने बन्दसूचीले पार्टीको आन्तरिक असन्तुष्टि थप चर्काउने देखिन्छ। 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात... मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहको वार्ता बालुवाटारमा जारी बालुवाटारमा दुई समूहबिच वार्ता भइरहेको हो । मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहको वार्ता बालुवाटारमा जारी मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने मंगलबार, पुस २९, २०८२
काँग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदै मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्