फाइल तस्बिर।
धनगढी– कैलालीमा कर्णाली नदीले सर्तकता तह पार गरेको छ।
नदीले सर्तकता तह पार गरेका कारण त्यस क्षेत्रका टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्की चुहा लगायतका नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको छ।
जोशीपुर गाउँपालिका आपत्कालीन कार्यसञ्चालन केन्द्रले गाउँपालिका अधिकांश वडाका बस्तीहरु डुबानको जोखिममा भएपछि उच्च स्थानमा सारिएको जनाएको छ।
‘जानकी गाउँपालिकाका अधिकांश वडाका बस्तिहरु जलमग्न भएका छन्। वडा नम्बर ४ गिरधरपुर बेलपुर र वडा नम्बर ७ फरेला जबलपुर बस्तीका मानिसहरु रातिदेखि उच्च भवनमा बस्दै आएका छन्’ गाउँपालिकाले भनेको छ, ‘कर्णाली र पथरैया नदीमा पानीको सतह बढिरहेको छ। सबैजना उच्च सतर्कताकासाथ बसिदिन अनुरोध छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।