• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मेरो जित र प्रचण्डको हार निश्चित छ : रामप्रसाद न्यौपाने [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ३१, २०७९  २०:१२
1140x725

काठमाडौं– आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा धेरैका लागि चासोको क्षेत्र हो, चितवन-३। यहाँबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने निश्चितप्रायः छ। प्रशंसा र आलोचना सरोबरी खेप्ने नेता प्रचण्डले सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर चितवनबाट दोस्रो पटक जित निकाल्ने तयारी गरिरहेका छ्न्। 

नेकपा विभाजनपछि प्रचण्डप्रति आक्रोशित एमाले पंक्ति भने उनलाई निर्वाचनमा पराजित गर्ने तयारीमा छ। प्रचण्डसँग लड्ने उम्मेदवार को होला? भन्ने चासो पनि छँदैछ। यसै क्रममा एमालेले चितवन- ३ का लागि रामप्रसाद न्यौपानेलाई सर्वसम्मत उम्मेदवार तयार गरेको छ। 

उनी एमालेका चितवन अध्यक्ष समेत हुन्। न्यौपानेले प्रचण्डसँगको प्रतिस्पर्धालाई कसरी लिएका छन्। उनको जितको आधार के हो? लगायतका विषयमा केन्द्रित रहेर नेपाल लाइभका लागि भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानीः

प्रचण्डको सम्भावित प्रतिस्पर्धीको रुपमा एमालेले तपाईंलाई अघि सारेको छ। तपाईंले निर्वाचन जित्ने आधारहरु के-के हुन्?
विशेष गरी चितवन- ३ मा माओवादी केन्द्रको भोट १४/१५ हजार मात्रै हो। एमालेको भोट ३० हजार छ। कांग्रेसको भोट पनि साढे २९ हजार हो। राप्रपाको भोट ७/८ हजार जति छ। र, कांग्रेसको विद्रोही भोट पनि ८ हजार जति छ। 

यस हिसाबले त्यहाँ एमाले पहिलो पार्टी हो। त्यसकारण मैले जित्ने पहिलो आधार भनेको जनताको समर्थन हो। जनताको सहानुभूति एमालेलाई छ। नेपालको विकास र समृद्धिको अगुवाइ गर्ने पार्टी एमाले हो। अरु पार्टीले विकास र समृद्धिको अगुवाइ गर्न सक्दैनन्।

प्रचण्डको एकल उम्मेदवारी त स्वतः हार हो। गठबन्धनको मत जोड्दा करिब १४/१५ हजारले मात्रै बढी देखिन्छ। कांग्रेस, माओवादी केन्द्र लगायतको गठबन्धन हेर्दा त्यति मत देखिन्छ। तर, जनता कसैका पेवा होइनन्। राजनीतिक दलका पेवा पनि होइनन्। काठमाडौंमा बालेनले चुनाव जित्छ भनेर कसैले कल्पना गरेको थियो र? चुनावको दुई दिन अगाडि पनि कसैले विश्वास गरेका थिएनन्। त्यसकारण चितवन-३ मा २०७४ मा प्रचण्डलाई सांसद बनाए पनि तात्विक परिवर्तन केही भएन।

अर्कोतिर, नेकपामा हुँदा प्रचण्डले आफ्नै पार्टी अध्यक्ष र प्रधानमन्त्रीका विरुद्ध लागे। प्रचण्ड त अस्थिरताका प्रमुख कारक हुन्। उनको अवसानबिना, उनलाई राजनीतिक रुपमा परास्त नगरेसम्म नेपालको राजनीति स्वस्थ हुँदैन। नेपालको विकास र समृद्धिको बाटो अवरुद्ध हुनसक्छ। यिनै कुरा मेरा जित्ने आधार हुन्।

त्यहाँका जनताको समर्थन मेरो जितको अर्को पाटो हो। माओवादी केन्द्रका केन्द्रीय सदस्य, चितवनमा पाँच कार्यकाल माओवादी केन्द्रको अध्यक्ष हुनुभएका, कम्युनिस्ट आन्दोलनको एउटा शीर्ष व्यक्तित्व, नेकपाका बेलामा पनि जिल्ला अध्यक्ष हुनुभएका यमबहादुर परियार (इन्द्रजीत)को नेतृत्वमा अत्यन्तै सिनियर साथीहरु नेकपा एमालेमा समाहित हुनु भयो।

Ncell 2
Ncell 2

यसले माओवादी केन्द्रका साथीहरु आउने क्रमको सुरुआत गरेको छ। अब माओवादी केन्द्र पार्टी रहेन। त्यो प्रचण्डको परिवार रह्यो। त्यो परिवारमा दाहाल भए प्राप्त हुन्छ। या दाहालको ज्वाईं भए प्राप्त हुन्छ। या दाहालको छोरी भए प्राप्त हुन्छ। या नातिनी भए प्राप्त हुन्छ। या रिलेसनभित्रको केही न केही हुनुपर्‍यो।

त्यस किसिमले रुपान्तर भएको छ। त्यसकारण त्यहाँका कार्यकर्ता आजित बन्नुभएको छ। जनयुद्धमा त्यत्रो योद्धाहरुलाई लडाउनुभयो। मराउनुभयो। जनता मार्नुभयो। तर त्यसको व्यवस्थापनमा कुनै खालको योजना ल्याउनुभएन।

माओवादी आन्दोलन प्रचण्डकै कार्यशैली, दृष्टिकोण, शैलीगत समस्या र व्यवहारका कारण करिब करिब तुहिने तहमा पुगिरहेको छ। फेरि उहाँहरु सिद्धान्ततः नेकपा एमालेको जनताको बहुदलीय जनवादमा आउनुभयो। उहाँहरुले त्यसलाई छुट्टै देखाउन खोजे पनि त्यो जबजभन्दा पृथक छैन। तर उहाँहरुले जबज भन्न सक्नुभएको छैन। त्यसैले माओवादी आन्दोलनभित्र वैचारिक हिसाबमा दुईवटा एमाले आवश्यक छैन भन्ने निष्कर्षमा पुग्नुभएको छ।

एउटै एमाले बनाउँदा हुन्छ। त्यसकारण नेकपा बनिरहेको अवस्थामा प्रचण्डले आफ्नो स्वार्थका निम्ति विभाजित हुने अवस्था सिर्जना गर्नुभयो। त्यो परिस्थितिले पनि त्यो क्षेत्रमा प्रचण्डको हार निश्चित छ। मलाई मत प्राप्त हुन्छ। अर्थात् नेकपा एमालेलाई प्राप्त हुन्छ। त्यसकारणले मेरो जित र प्रचण्डको हार निश्चित छ।

सामान्यतया एक पटक सांसद नभएका र पार्टी केन्द्रमा समेत प्रभावशाली नदेखिएका नेताहरु सर्वसम्मत उम्मेदवार हुन नसकेको देखिन्छ। तर तपाईं सर्वसम्मत उम्मेदवार बन्नुभयो। प्रतिस्पर्धी उम्मेदवार प्रचण्ड नै भएर त होइन? 
२०७४ मा नेकपा एमालेले नै सहयोग गरेर, एमालेकै बलमा, एमालेकै बुतामा प्रचण्डलाई चुनाव जिताएको हो। एमालेकै बलमा जिताएका उहाँ अहिले कांग्रेसको बुइँ चढिरहनुभएको छ।

छोरीलाई मेयर बनाउन हिजो पनि कांग्रेसकै बुइँ चढ्नु भयो। पछि छोडेर एमालेसँग तालमेल पनि गर्नुभयो। र, एकता पनि गर्नुभयो। फेरि आफू प्रधानमन्त्री हुने लोभमा उहाँले नेकपालाई विभाजन गर्नुभयो। केपी ओलीलाई कारबाही गर्ने तर्फको काम अघि बढाउनुभयो।

जुन कुरा सहमतिभन्दा विपरीत थियो। नेपालमा कम्युनिस्ट आन्दोलनको विकास र नेपालको समृद्धिको विरुद्ध थियो। यस्तो परिस्थितिमा उहाँलाई जिताउन जनताले मत दिन्छन्? दिदैँनन्। किनभने उहाँबाट काम पनि भएको छैन। अर्को, युद्धकालमा उहाँको नेतृत्वमा जुन खालका घटनाहरु भए, संरचना भत्काइए, ध्वस्त बनाइए।

उहाँहरु सत्तामै हुँदा पनि त्यसको पुनर्निर्माण कामको अगुवाइ त गर्नसक्नु भएन। त्यसकारण उहाँ 'लिडरसिप'का हिसाबले अयोग्य भइसक्नुभयो। असफल व्यक्तित्वलाई जनताले चुनिरहनुपर्छ भन्ने मानसिकता राख्नु हुन्न। त्यस कारण हामीलाई त्यहाँ विजय प्राप्त गर्न सहजता हुन्छ भन्ने विश्वास छ।

तपाईंको निर्वाचन क्षेत्रमा एमालेले कहिले माओवादी केन्द्र र कहिले राप्रपासँग तालमेल गर्छ। यसपटक पनि तालमेलको चर्चा छ। तपाईंहरु राप्रपालाई छोड्न तयार हुनुहुन्छ?
तपाईंले भनेको कुरा एक हदसम्म ठिकै हो। नेकपा एमालेले चितवनमा २०४३ सालदेखि निर्वाचनमा 'सबै वाम, एक ठाउँ' भन्दै निर्वाचन लडिरहेको हो। तर पश्चिम चितवनमा एमालेले छोड्ने र तत्कालीन जनमोर्चालाई सहयोग गर्ने र पछि फेरि माओवादीलाई पनि सपोट गर्ने खालको परिस्थिति निर्माण भयो। स्वभाविक रुपमा तपाईंले भनेको प्रश्न जायज छ।

तर, एमालेले धेरै प्रयत्नका बाबजुद ७ वटा निर्वाचनमा ३ वटा निर्वाचन मात्रै लड्न पायो। लड्यो। अहिले एमालेले त्यो क्षेत्रमा आफूलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने सफलता पाएको छ। त्यसकारणले अहिले एमालेका कार्यकर्ताहरु, एमालेका नेताहरु सबैचाहिँ नेकपा एमालेकै चुनाव चिह्नमा मतदान गर्न पाउनुपर्छ भन्ने माग छ।

अर्कोतर्फ, प्रचण्डको हार मुलुकको हितका निम्ति पनि हो। प्रचण्डलाई हराउने नेकपा एमाले बाहेक पार्टी छैन, अजेण्डाका हिसाबले पनि। अरु दलहरुलाई पनि त्यस विषयमा सरोकार हुन्छ भने एमालेलाई सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ। त्यसैले अहिले हामी तालमेल गर्ने, अन्यलाई छोड्ने तहमा छैनौं।

त्यस परिस्थिति निर्माण नै गर्न सक्दैनौं। अहिले नेकपा एमालेकै निर्वाचन चिह्नमा अगुवाइ गर्ने तयारीका साथ सर्वसम्मत उम्मेदवार तयार गरेको हो। त्यसकारण नेकपा एमालेभित्रकै एउटा व्यक्तित्वका हिसाबले मलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको हो। कसैलाई छोड्नका निम्ति उम्मेदवार तय गरेका होइनौं। एमालेकै अगुवाइमा प्रचण्डलाई हराउने हो।

र यो मुलुकको स्थायित्व, विकास र समृद्धिको अभियानको अगुवाइ गर्ने हो। केपी ओलीको नेतृत्वमा एमालेको सरकार बनाएर यो मुलुकको अगुवाइ गर्दै सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने अभियानका साथ अगाडि बढेको हुनाले एमालेले चितवन-३ बाट छोड्ने र अरुलाई दिने अवस्था छैन। सम्भावना नै छैन।

प्रचण्ड त एउटा पार्टीको अध्यक्ष हुनुहुन्छ। चितवन- ३ का जनताका लागि प्रतिनिधि सभामा उहाँको उपस्थिति बढी प्रभावकारी होला कि तपाईंको?
तपाईंले के बुझ्नुपर्छ भने सिद्धान्त नभएको, कार्यक्रम नभएको, जनताको सुखदुःखसँग सरोकार नभएको, कार्यकर्ताको मर्म नबुझेको पार्टीचाहिँ पार्टी नरहँदो रहेछ। माओवादी केन्द्र २०६४ सालमा कुन तहमा थियो? सम्झिनुहोस् त। यो १२-१५ वर्षको अवधिमा कुन तहमा झर्‍यो? किन?

प्रचण्डको स्वार्थी र दृष्टिकोणविहीन चरित्रले। प्रचण्डको दोधारे नीति, आफ्नो एकोहोरो सुविधा, पारिवारिक सुख सुविधाका निम्ति आन्दोलनको पर्वाह नगर्नाले त्यो आन्दोलन कहाँबाट कहाँ पुग्यो? प्रचण्ड अस्थिरताका कारक हुन्। मुलुकको विकास र समृद्धिको बाधक हुन्। त्यस्तो व्यक्तित्वलाई जिताएर जनता र मुलुकले  अस्थिरता बढाउन चाहन्छन त? त्यसकारणले केन्द्रीय अध्यक्ष होस् कि, राष्ट्रिय अध्यक्ष होस् कि, अन्तर्राष्ट्रिय अध्यक्ष होस् कि भन्ने विषय सरोकार राख्दैन।

समाज र त्यस क्षेत्रको अजेण्डाको अगुवाइ कसले गर्न सक्छ? त्यस क्षेत्रका जनताको समस्याहरु कसले हल गर्न सक्छ? र, यो मुलुकको स्थायित्वका निम्ति कसले योगदान गर्न सक्छ? एमालेबाहेक अरुले सक्दैनन नि त। त्यसकारण जनता एमालेलाई जिताउने अभियानमा छन्। एमाले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा छ। केन्द्रीय अध्यक्षका लागि जिल्ला अध्यक्षले चुनौती दियो कि दिएन भन्ने विषय ठूलो होइन। म युवा छु। त्यही क्षेत्रमा बसोबास गर्छु।

जनताका सुखदुःखका बारेमा मलाई राम्रोसँग जानकारी छ। म त्यहीँको माटोबाट हुर्किएको मान्छे हुँ। हिजो युद्धकालमा भएका घटना परिघटनामा पनि मैले उद्धारको अगुवाइ गरेको छु। त्यहाँका थुपै कुराको मैले अगुवाइ गरेको छु। अब मैले मौका पाएँ भने थप अगुवाइ गर्न सक्छु। त्यहाँका सुखदुःखका बारेमा प्रचण्डलाई भन्दा मलाई बीसौं गुणा बढी थाहा छ। म त्यहाँ जोडिएर बसेको छु।

राष्ट्रिय सवालमा पनि उहाँ विकास र समृद्धिको बाधक हो। अस्थिरताको नायक हो। त्यसकारण त्यो पात्रलाई हराउने कुरा सचेत चितवनबासी जनताको दायित्व हो। त्यो दायित्वलाई जनताले महसुस गर्नुहुन्छ। त्यहाँका जनताले मात्रै होइन, अरु पार्टीहरुले पनि महसुस गर्नुहुन्छ। गठबन्धनभित्रका नेता कार्यकर्ताहरुले पनि महसुस गर्नुहुन्छ।

त्यसकारण कांग्रेसभित्र विद्रोह भयो नि त। नत्र त पार्टीको निर्णयहरु मान्नुहुन्थ्यो होला। खराब पात्रलाई उभ्याइयो भनेर विद्रोह भएको छ। त्यो विद्रोहको पनि सहयोग र सहानुभूति मलाई प्राप्त हुन्छ। त्यसकारणले पनि मेरो जित सुनिश्चित हो।

तपाईं एमाले चितवनको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ। समग्रमा चितवनमा एमालेको अवस्था कस्तो छ? कस्तो परिणामको आकलन गर्नुभएको छ?
अहिले सर्सती हेर्दा तीनवटा निर्वाचन क्षेत्रमा एकल प्रतिस्पर्धामा एमाले पहिलो छ। तर गठबन्धनको हिसाबले कुरा गर्दा ४-५ हजारको मतले पछाडि छौँ। चितवन- २ मा हामी केही मतले अगाडि नै छौं। चितवन- ३ को विषयमा मैले अघि नै भनिसकेको छु। त्यहाँ जुन माहोल र योजनाका साथ एमाले लागिरहेको छ।

जुन अजेण्डालाई अगाडि बढाउन खोजिरहेको छ। त्यस हिसाबले जनता एमालेलाई मतदान गर्न चाहन्छन्। गठबन्धन भनेर ५ दल एमालेका विरुद्ध लागिपरेका छन्। उहाँहरुको मात्रै चाहना नहोला। देशी, विदेशी शक्तिहरुको गोटी हो उहाँहरु त। उहाँहरुको अजेण्डा उहाँहरुभित्रै 'क्लियर' छैन। प्रचण्ड हंग पार्लियामेन्ट बनाएर आफू प्रधानमन्त्री बन्न चाहन्छन्। कांग्रेस पनि सय सिटको बार्गेनिङमा छ। कांग्रेसले ५ वर्षे प्रधानमन्त्रीको ग्यारेन्टी खोजिरहेको छ।

प्रचण्ड कुनै पनि बलमा कांग्रेसलाई बहुमत आउन दिन रोक्न चाहन्छन्। हंग पार्लियामेन्ट बनाएर खेलोफड्को र जालझेलबाट प्रधानमन्त्री बन्ने प्रत्यन्नमा छन्।

माधव नेपालले पनि एउटा हैसियत प्राप्त गर्न सकियो भने त्यही ढंगबाट प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने अपेक्षाका साथ लागिरहेका छन्। उपेन्द्र यादव मधेस प्रदेशमा आफ्नो पकड कति रहन्छ? आफ्नो कति सिट प्राप्त हुन्छ भनेर लागिरहेका छन्। त्यस कारण उहाहरुलाई देश बनाउने चिन्ता छैन। विकास र समृद्धिको अगुवाइ गर्ने चिन्ता छैन। सुखी नेपाली, समृद्ध नेपालको चिन्ता छैन।

उहाँहरुलाई प्रधानमन्त्रीमा आफ्नो फोटो कसरी टाँस्ने? कसरी कायम राख्ने? कसरी मोजमस्ती गर्ने?  कसरी देश लुट्ने? कसरी जनतालाई ठग्ने? गठबन्धनको चिन्ता नै त्यहाँनेर छ। त्यस 'ठगबन्धन'लाई जिताउँछन् कि विकास र समृद्धिको अगुवाइ गर्ने प्रतिनिधिलाई जिताउँछन्? भन्ने कुरा हो। त्यसमा ठूलो सानो भन्ने कुरा भएन नि। विकास र समृद्धिको अगुवाइ गर्ने, जनताको समस्याहरु बुझ्ने पार्टीको प्रतिनिधिलाई जिताउँछन होला नि। त्यसैले यो अजेण्डामा हामीले नेपाली जनतालाई 'क्लियर' गरेका छौँ। 'क्लियर' गर्छौँ। त्यसकारण नेपाली जनताले नेकपा एमालेलाई मतदान गर्छन्।

माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा आएर उपाध्यक्ष बन्नुभएका रामबहादुर थापा बादलले माओवादी केन्द्रको कति भोट काट्ने आकलन गर्नुभएको छ?
एकदमै आउँछ। किनभने यो कम्युनिस्ट आन्दोलनभित्र एउटा गम्भीर विषयको समीक्षा भएको छ। नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले तात्कालीन नेकपामा हुँदा महाधिवेशन गरौं, अध्यक्ष छोडौंला भन्नुभयो। संसदीय दलमा छलफल गरौं, संसदीय दलको नेता परिवर्तन गरेर प्रधानमन्त्री छोडौंला भन्नुभयो।

विकल्पमा अर्को साथीलाई प्रधानमन्त्री बनाउने हो भने छलफल गरौं र बहस केन्द्रित गरौं भन्दा अपवित्र ढंगले अध्यक्षलाई बर्खास्त गर्ने प्रत्यत्न गरियो। त्यसपछि एउटा खालको परिस्थिति निर्माण भयो। त्यो परिस्थितिमा नेपाली जनतालाई संगठित गर्ने कुरा, नेपाली जनतालाई एकीकृत गर्ने कुरा कम्युनिस्ट आन्दोलनबाट सम्भव छ।

तर नेतृत्व तहमा एकता गरेर टिक्दो रहेनछ । प्रचण्डको स्वार्थीपनले त्यो टिकेन। माधव नेपालको कुण्ठाले टिकेन। त्यसैले कार्यकर्ताहरु विद्रोही ढंगबाट प्रस्तुत हुनुभयो। त्यसको शुभारम्भ हो। नेतृत्व तहमा र कार्यकर्ताको तहमा एकता प्रक्रिया अगाडि बढिसक्यो। माओवादी केन्द्रका अधिकतम मतदाताहरु, समाजवादी पार्टीका अधिकतम मतदाताहरु, माओवादी केन्द्रका अधितम नेता कार्यकर्ताहरु एमालेसँग समाहित हुँदै जानुहुन्छ। एमालेलाई बलियो बनाउनु हुन्छ र केपी ओलीको नेतृत्वमा सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानको सारथि बन्नुहुन्छ। यो स्पष्ट छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  २०:१२
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुग्यो
गगनलाई सघाउने भन्दै प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन
सम्बन्धित सामग्री
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत यसअघि निर्वाचन आचारसंहिताबारे आयोगको केन्द्रीय कार्यालयले नै उजुरी लिँदै आएको थियो । यो निर्णयपछि सम्बन्धी जिल्लाबाटै आचारसंहिता उल्... मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग त्यसबाहेक श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लग... मंगलबार, माघ १३, २०८२
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुग्यो बुधबार, माघ १४, २०८२
गगनलाई सघाउने भन्दै प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश बुधबार, माघ १४, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध बुधबार, माघ १४, २०८२
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात, विभिन्न सडक अवरुद्ध बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
आज सातै प्रदेशमा बर्षाको सम्भावना बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्