• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

डेंगुका लागि १०२ बाट निशुल्क एम्बुलेन्स सेवा,  १० वर्षमा ८८ हजार ८५९ बिरामी लाभान्वित 

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ३१, २०७९  १०:३९
1140x725

काठमाडौं–  काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितका लागि २४ घन्टे हटलाइन सुरु गरेको छ। साथै बिरामीका लागि १०२ बाट निशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने मेयर बालेन शाहले बताएका छन्। जुन एम्बुलेन्स सेवालाई केही वर्षदेखि काठमाडौं महानगरले आर्थिक सहयोग गरिरहेको छ भने  पछिल्ला वर्षमा स्वास्थ्य मन्त्रालय समेत जोडिएको छ। 

१०२ अप्ठ्यारोमा एम्बुलेन्स सेवा प्रयोग गर्नका लागि परिचित नम्बर हो। उक्त नम्बरमा डायल गरेपछि नेपाल एम्बुलेन्स सेवाको कल सेन्टरमा फोन जान्छ। डायलकर्ताको नजिकै उपलब्ध आफ्नो सम्पर्कमा रहेको एम्बुलेन्सलाई बिरामीको पहुँचमा ल्याएर निःशुल्क अस्पतालसम्म पुर्‍याउने प्रबन्ध मिलाइदिन्छ। 

नेपाल एम्बुलेन्स सेवा (१०२) कोभिड १९ महामारी फैलिएका बेला बिरामीका लागि ठूलो आडभरोसा बन्यो। १० वर्षदेखि एम्बुलेन्स सेवामा सक्रिय यसले कोरोनाकालमा प्रभावकारी सेवा दिएर आफूलाई थप प्रमाणित गरेको छ। 

कोभिड महामारीमा गरेको योगदानको कदर गर्दै यस वर्ष एम्बुलेन्स तर्फको स्वास्थ्यखबर युनाइटेड इमेजिङ हेल्थ अवार्ड नेपाल एम्बुलेन्स सेवाले पाएको छ। महामारीमा निशुल्क सेवा दिएका कारण एम्बुलेन्स सेवालाई संस्थागत रुपमा कोभिड च्याम्पियनबाट सम्मानित गरिएको हो।

त्रासदीमा तम्तयार
कोरोनाकालमा एम्बुलेन्स सेवाको आवश्यकता मात्रै चाप समेत बढ्यो। कोरोना महामारीमा भ्रमको महामारीले धेरैलाई त्रसित बनायो। एम्बुलेन्स सेवा प्रवाहकलाई पनि यसले नअत्याएको होइन, तर आपत पर्दा अघि सर्नुपर्ने मानवीयतालाई सम्झेर उनीहरु अघि सरे। 

तर, चाप बढेपछि अभाव स्वाभाविक हो । त्यो अभाव चिर्न १०२ ले हरदम प्रयास गरेको नेपाल एम्बुलेन्स सेवाका प्रमुख कार्यकारी अमित जोशी बताउँछन्। एम्बुलेन्सको औपचारिक संयन्त्र सरकारसँग पनि थिएन, त्यस्तो अवस्थामा यही १०२ सँग समन्वय गरेर एम्बुलेन्स सेवा सहज बनाउने प्रयत्न सरकारले गर्‍यो। 

कोरोना संक्रमण बढ्दै जाने अवस्था देखिएपछि १०२ ले एम्बुलेन्स चालकलाई सुरक्षित राखेर सेवा दिने उपायमा ध्यान दियो। जोशी भन्छन्, ‘कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई सुरक्षाका मापदण्ड अपनाउने बारेमा तालिम दिइएको थियो। त्यसले उहाँहरुलाई सुरक्षित पनि बनायो। काम गर्ने हौसला पनि बढायो।’

सबै कर्मचारीको साथ र सहयोगले कठिन परिस्थितिमा अग्रभागमा राखेर काम गर्न सकेको जोशी बताउँछन्। चिनमा कोरोनाको पुष्टि भएपछि नेपाल सरकारले वुहान प्रान्तमा रहेका १७५ नेपाली विद्यार्थीहरु नेपाल फर्कायो। 

Ncell 2
Ncell 2
nimb
nimb

यदि कोही संक्रमित भइहाल्यो भने उपचारका लागि एम्बुलेन्स जरुरी हुन्थ्यो। कोरोनाबारे अनेक अपुष्ट खबर प्रवाह भइरहेको समयमा जोखिम मोल्न जोकोही तयार थिएन। त्यस्तो अवस्थामा १०२ ले आफू सेवाका लागि तयार रहेको जानकारी गरायो। 

जोशी सम्झिन्छन्, ‘कुनै एम्बुलेन्स त्यहाँ जान तयार थिएनन्। तर, हामी भने ज्यानका प्रवाह नगरिकन गयौं। तर ‘सुरक्षा पहिले’ भन्ने मूलमन्त्रको भने पालना गरेकै थियौं।’ ती १ सय ७५ लाई विमानस्थलदेखि भक्तपुरस्थित क्वारेन्टाइनसम्म पुर्‍याउने मात्रै होइन, त्यहाँ रहँदा हेरचाह गर्ने काम पनि १०२ कै एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीले गरे। ‘चालक र स्वास्थ्यकर्मी सबैलाई एक किसिमको त्रासको समय थियो हामी घर गएनौं,’ उनले भने। 

कोरोना संक्रमण बढ्दो थियो, १०२ को आवश्यकता बढ्दो थियो।  १०२ सँग २० जना एम्बुलेन्स चालक थिए। ती चालक बस्ने घर–टोलले उनीहरुलाई पस्न दिएननन्। ‘यतिसम्म भयो कि यदि केही एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई त कोठाबाट निकाल्नेसम्मका कुरा चले।’

१०२ मा काम गर्ने भन्नेवित्तिकै मान्छेहरु दूरदूर हुन्थे। कतिपय ठाउँमा जानै रोक लागेको तीतो अनुभव जोशी सुनाउँछन्। ‘कोरोना संक्रमित बोक्ने एम्बुलेन्स चालक भन्ने थाहा पाएपछि भेदभाव सुरु गरिहाल्थे,’ उनी भन्छन्, ‘नेपाल एम्बुलेन्स सेवामा कार्यरत सबैजनालाई घरसम्म जाने वातावरण बन्न सकेन। उनका अनुसार डिल्लीबजार रहेको पद्मोदय माविमा ६ महिनासम्म खाने–बस्ने व्यवस्था मिलाइको थियो। त्यहाँ ४० जनाको समूह बस्थ्यो।’

उक्त समयमा सर्वसाधारणसँग जोडिने भनेर उपत्यकाका विभिन्न ठाउँमा प्रचार सामाग्री टाँसिएको थियो। त्यो समयमा १०२ हटलाइन २४ सै घण्टा खुला गरिएको थियो। एम्बुलेन्स सेवाका साथै सामान्य परामर्श समेत त्यो बेला दिइएको थियो।   त्यो समय १०२ को सर्वेक्षण अनुसार १६ दशमलव ५ मिनेटमा उपत्यकाका बिरामीको लागि उपस्थित हुने गरेको देखिएको थियो। 

‘पहिलो–पहिला कोभिड भन्ने बित्तिकै आम सर्वसाधारणका मनमा भय बाहेक केही थिएन्’, उनी भन्छन्, ‘तर, हामीले भने हिम्मत नहारिकन निरन्तर काममा लागिरह्यौं।’

कोरोनाकालमा निजीस्तरबाट सञ्चालित एम्बुलेन्स सेवा सक्रिय हुन सकेनन्। सक्रिय रहेकाहरु पनि आमजनको पहुँचमा थिएनन्। त्यस्ता बेला बिरामीको सारथीको रुपमा १०२ ले सेवा दिएको थियो। जोशी भन्छन्, ‘अन्य एम्बुलेन्सले ५÷६ हजार लिन्थे। हामी निःशुल्क सेवा दिन्थ्यौं।’ 

कोरोना संक्रमणको पहिलो चरणमा अर्थात् २०७६ सालमा १९९ जनालाई सेवा दिएको उनी बताउँछन्। सुरुवाती चरणमा १०२ ले कोरोना संक्रमणको सम्भावना रहेका बिरामी बोकेर अस्पताल लैजाँदा अस्पतालले भर्ना लिनन नमानेको तीतो अनुभव जोशीसँग छ। कोभिडको पहिलो चरणमा पाटन अस्पतालले नै तीन घण्टासम्म बिरामी उपचाकार लागि लिन नमानेको अनुभव उनीसँग छ। यसैगरी  महाराजगञ्जस्थित टिचिङ्ग अस्पतालले बिरामीलाई सोही बिरामीलाई ४ घण्टासम्म एम्बुलेन्समै कुराएको उनी बताउँछन्।

‘१०२ बाट नै फोन गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्पातलले कोभिड १९ का  बिरामी लिन नमानेको गुनासो गरियो,’ उनले भने,  ‘एक बिरामीलाई नै ७ घण्टा लाग्न थालेपछि महामारीका बेलामा अन्य बिरामी मर्ने डर भयो।’

पहिलो चरणमा कोरोना संक्रमित बिरामीलाई सेवा दिने एम्बुलेन्स १०२ लगभग एक्लो देखियो। दोस्रो चरणमा बिरामीको संख्या ह्वात्तै बढ्यो ।  २०७७ सालमा १०२ का एम्बुलेन्सले १४ हजार ४८३ जना बिरामीलाई ओसारपसार गरे। त्यस्तै, १०२ को अभिलेख अनुसार २०७८ मा ६ हजार ४३० र २०७९ मा हालसम्म ७५ जना कोरोनाका बिरामीलाई गन्तव्यसम्म पुर्‍याउन सहयोग गरेको छ। सवै वर्षको संख्या जोड्दा हालसम्म २१ हजार १८७ जनालाई निःशुल्क सेवा दिएको छ। 

१०२ स्थापनाको अर्थ 
१०२ को सुरु २०६६ भदौ ३१ गते दर्ता भएको हो। राजेद्र डंगाल नेपाल एम्बुलेन्स सेवाको संस्थापक हुन्। डंगोलसहित ११ जनाको समूहले यसको स्थापना गरेको थियो।   नेपाल एम्बुलेन्स सेवा नाफारहित सामाजिक संस्था हो। २०६६ मंसिर १५ गते समाज कल्याण परिसद्सँग आवद्ध भएको छ। 

आपतकालमा उद्धार गर्ने यस सामाजिक कार्य संयुक्त राज्य अमेरिकास्थित स्टान्फोर्ड युनिभसिर्टी स्कुल अफ इमर्जेन्सी मेडिसन अमेरिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरको संयुक्त पहलमा सुरु भएको हो। सुरुमा यसले बिरामीबाट ५ सय रुपैयाँ शुल्क लिने गरेको थियो। 

आकास्मिक स्वास्थ्य विज्ञहरुबाट आकस्मिकक सेवासहित यसलाई सञ्चालन गरिएको छ। एम्बुलेन्स सेवामा रहनेहरुलाई विषयगत शिक्षा र तालिम प्रदान गरिएको थियो। ‘इमर्जेन्सी मेडिकल टेक्निसियन सहित सेवा थालिएको हो। जसले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाएको छ। 

नेपाल एम्बुलेन्स सेवाका आकस्मिक स्वास्थ्य सेवा सम्वन्धित तथा कार्यरत स्वास्थकर्मीलाई अमेरिकास्थित ‘स्ट्यान्फोर्ड युनिभर्सिटी स्कुल अफ इमर्जेन्सी मेडिसन’लगायत जर्मन, बेलायत र स्वीट्जरल्याण्डका आपतकालिन स्वास्थ्य विशेषज्ञ चिकित्सकहरु तथा स्वास्थ्यकर्मीबाट तालिम दिइदै आएको उनी बताउँछन्। 

२०६८ बैशाख १ गतदेखि  एम्बुलेन्स सेवा सुरु भएको हो।  उनका अुनसार पहिले  नेपाल सरकारको नीति नै एक संस्थाले एकमात्र एम्बुलेन्स राख्न पाउने थियो।  ललितपुरमा शाखा खोलेर दुईवटा एम्बुलेन्स सञ्चालनमा ल्याइयो। 

सेवालाई प्रभावकारी बनाउन नीतिले छेकेपछि त्यसलाई परिवर्तन गर्न समेत संस्था आफैं अघि सर्नुपर्‍यो। २०६९ वैशाख ५ गतेबाट ५ वटा एम्बुलेन्सहरु प्रयोगमा आए। माघ २०७३ मा १० वटा एम्बुलेन्सबाट सेवा  दिइएको थियो। 

कोरोना महामारीमा नेपाल एम्बुलेन्स सेवाले पुर्‍याएको योगदानलाई मध्यनजर गर्दै  नेपाल सरकारले ६ थान थप गरी हाल १६ एम्बुलेन्सबाट सेवा दिनेगरी काम गरिरहेको उनले बताए। 

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा प्रहरी वृतनजिक एम्बुलेन्स राखिएको उनी बताउँछन्न। यसैगरी चितवन, बुटवल, पोखरामा पनि छन्न। भविष्यमा नेपाल भरिनै यस्तो एम्बुलेन्स सेवा प्रदान गर्ने लक्ष्य संस्थाको छ। आफ्नो बाहेक अन्नय  एम्बुलेन्स सञ्चालकहरुलाई पनि १०२ बाट नै सञ्चार सेवा प्रदान गर्दै आएको उनलने बताएका छन्। उनी भन्छन्, ‘हामी सहरका सेवा प्रदान गर्ने लक्ष्य राखेको छौं। र, सोही अनुरुप नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य सम्झौता गरेका छौं।’

कसरी १०२ सम्म पुग्ने ? 
नेपाल टेलिकमको सहयोगमा इमर्जेन्सी नम्बर १०२ यो संस्थाले प्राप्त गरेको छ। अहिले त १०२ एम्बुलेन्नस सेवाको पर्याय नै भएको छ। कालिकास्थान डिल्लीबजारबाट केन्द्रकृत समन्वय गर्ने गरिएको छ। 

बिरामी, घाइते वा उसका आफन्त तथा निकटस्थहरुले १०२ फोन गरेपछि केन्द्रकृत समन्वय शाखाले नजिकको तथा पायक पर्ने एम्बुलेन्स पठाउँछ।  एम्बुलेन्समा रहेका  स्वास्थ्यकर्मीले आकस्मिक उपचार सेवा दिँदै अस्पतालसम्म पठाउने गर्छन्।  साथै नजिकको प्रहरी परिसरमा फोन  गर्दा पनि १०२ सम्म आइपुग्ने जोशी बताउँछन्। 

हाल २० जना एम्बुलेन्स चालक रहेको उनी बताउँछन्।  प्रत्येक एम्बुलेन्समा ३ जना चालक र ३ जना पारामेडिकल डाक्टरको समूह हुन्छ। जो विरामीको लागि २४ घण्टा सेवामा खटिराखेको उनले बताए। 

एम्बुलेन्समा भित्र नै साँस फेर्न गाह्रो हुने, दुःखाइ, बेहोश, गर्भावस्था, चोटपटक र अन्य बिरामीका लागि प्राथमिक उपचार गर्ने गरिन्छ । 

सेवाका १० वर्ष, ८८ हजार ८५९ लाभान्वित 
१०२ सुरु भएको वर्ष २०६८ मा २ हजार ९३ जना बिरामी बोकेको थियो। त्यसपछि २०६९ मा ३ हजार ९६३ जना, २०७० मा ३ हजार ७१५ जना, २०७१ मा २ हजार ७६१ जना विरामी बोकेको बताएका छन्। 

२०७२ सालमा बैशाखमा नेपालमा भूकम्प गयो। भूकम्पताका पनि नेपाल सरकारसँग समन्वय गरेर सेवा दिएको थियो। भूकम्पका बेला ५ हजार १९४ जना बिरामीलाई सेवा दिइएको तथ्यांक संस्थासँग छ। त्यसपछि निरन्तर वृद्धि हुँदै  २०७७ मा २० हजार ५५९ जनालाई सेवा दिएको छ। २०७९को चार महिनामा २ हजार १७७ जना बिरामीले सेवा पाएका छन्। 

यो दश वर्षको अवधिमा अन्य एम्बुलेन्ससँग समन्वय गरेर ३ हजार २४५ जना बिरामीलाई सेवा दिएको जोशी बताउँछन्। 
सेवा दिइएकामध्ये ६० जनालाई एम्बुलेन्समै सुरक्षित सुत्केरी सेवा दिइएको छ।  एम्बुलेन्सभित्र प्रसुति गराइएका सवै  आमा र बच्चाहरु स्वस्थ भएर घर फर्केका छन्। 

मन्त्रालय र महानगरको सहयोग  
२०७२ सालको भूकम्पपछि १०२ महानगरपालिकासँग जोडिएको हो।  सुरुका दिनमा ५०० रुपियाँ लिएर सेवा दिँदै आएको संस्थालाई त्यसबाट कर्मचारी पनि पाल्न गाह्रो मुश्लिक भयो। उपत्यका केन्द्रित भएर आर्थिक सहयोगका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरिएको उनी बताउँछन्।  

सुरुवातमा काठमाडौं केन्द्रित रहेको र महानगरबासीलाई सेवा दिएकाले स्थानीय सरकार सहयोगका लागि राजी भयो। आकस्मिक सेवा आधारभूत स्वास्थ्य सेवामै पर्ने भएकाले निःशुल्क दिनुपर्ने राज्यको दायित्व हुन्छ। त्यही दायित्व काठमाडौं महाननगरले महशुस गरेर  सहयोग थालेको हो। 

२०७२ पछि एक हजार शुल्क लिएर सेवा दिन सुरु गरिएको थियो। तर पनि यो पैसाले आर्थिक धान्न मुश्किल थियो। अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग यो सेवा जोडिएको छ। निरन्तर निःशुल्क सेवा दिइरहेको छ। 

राज्यका लागि १०२ को सिकाइ
नेपालमा २ हजार ३ सयदेखि २ हजार ४ सयसम्म एम्बुलेन्स रहेको अनौपचारिक तथ्यांक छ। १०२ सेवा सुरु गर्नुभन्दा पहिले अनुसन्धान गरेको थियो, काठमाडौं उपत्यकामा कति एम्बुलेन्स आवश्यक छ? भनेर। त्यो अध्ययनले ४० एम्बुलेन्स भए पुग्ने देखाएको थियो। 

तर, अहिले उपत्यका भित्र नै तीन सयभन्दा बढी एम्बुलेन्स रहेको देखिन्छ।  सरकारी, अस्पताल, निजी, लाइन्स क्लब, संघसंस्था, रेडक्रसहरुले एम्बुलेन्स सेवा सञ्चालनमा रहेका छन्। 

प्राय: एम्बुलेन्स सेवा शहरकेन्द्रित छन्। दुर्गम क्षेत्रमा आजका दिनसम्म बाटोमा सुत्केरी भएका समाचार आउँछन्। तर, एम्बुलेन्स सेवाको सन्तुलनका लागि राज्य सक्रिय हुनुपर्ने समय आएको १०२ को सिकाइ छ। १०२ जस्ता सेवामा समर्पितलाई अझै प्रभावकारी बनाउन र पहुँच वृद्धि गर्न राज्यले दीर्घकालीन योजना निर्माण गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विनाशकारी बाढीपछि तत्काल उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि समन्वित पहल गर्न नेपाल डेभलपमेन्ट वाचले गर्यो आग्रह
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सम्बन्धित सामग्री
जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरे ।  “ह... मंगलबार, भदौ १६, २०८३
बाढी प्रभावित नागरिकका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात... आइतबार, भदौ १४, २०८३
आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना गर्ने गर्दछन् । वश... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
विनाशकारी बाढीपछि तत्काल उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि समन्वित पहल गर्न नेपाल डेभलपमेन्ट वाचले गर्यो आग्रह बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु बिहीबार, भदौ १८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला बिहीबार, भदौ १८, २०८३
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, को को परे मनोनयनमा ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्