चितवन- नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाललाई मातृशोक परेको छ । उनकी आमा ८२ वर्षीया टंककुमारी ढकालको शनिबार चितवनमा उपचारको क्रममा निधन भएको ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनी केही समययता दमको रोगबाट ग्रस्त थिइन् । दमका साथै निमोनियाको कारणले उनको निधन भएको चितवन अस्पतालले जनाएको छ।
नेता ढकाल क्रिश्चियन भए पनि आमा टंककुमारीको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।