काठमाडौं- काठमाडौंकाे नयाँबजारस्थित रहेकाे सिग्मा स्कूलमा बाल दिवसको अवसरमा सांस्कृतिक नृत्य तथा अतिरिक्त प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विधार्थीहरूले नृत्य, गायन, कविता वाचन जस्ता विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रम सुरू हुनुभन्दा अगाडि विभिन्न मनोरञ्जनात्मक खेलहरूका माध्यमबाट विधार्थीहरूलाई बालअधिकार र बालबालिकाहरूले पालना गर्नुपर्ने कर्तव्य बारे सचेत बनाउने प्रयास गरिएको थियो ।
विधालयकी शिक्षिका मिना पुनमगर र शिक्षक विजय सुनारले संयुक्तरूपमा सञ्चालन गरिएकाे बाल दिवस विषेश कार्यक्रमको अध्यक्षता ईस्टु काठमाडौंका सहसचिव एवं सिग्मा स्कूलका सह-ईन्चार्ज हेमन्त शिशिरले गरेका थिए। कक्षा १० की छात्रा रितुसा ढकाल प्रमुख अतिथि थिइन्। कार्यक्रममा स्कूल ईन्चार्ज अभिनास लामा, स्कूल संयोजक विद्या दर्शन बस्नेत लगायतका अतिथिहरू उपस्थित थिए।
कार्यक्रमा बाल दिवसको शुभकामना दिँदै सहभागी शिक्षक, विद्यार्थी र कर्मचारीलाई सिग्मा स्कूलका तर्फबाट ईन्चार्ज अभिनास लामाले स्वागत मन्तव्यसहित स्वागत गरेका थिए।
विधालयकी शिक्षिका सुनिता तामाङको सुमधुर स्वरमा गुञ्जिएको गीतले कार्यक्रममा निकै रोमाञ्चक तुल्याएकाे थियाे।शिक्षिका रूपा अधिकारीले सांगीतिक प्रस्तुति दिइन्।
ईस्टु काठमाडौंका सहसचिव एवं सिग्मा स्कुलका सहइन्चार्ज हेमन्त शिशिरले बालदिवसको महत्त्व र इतिहासबारे प्रकाश पार्दै अबका बालबालिकाहरू हरेक क्षेत्रमा अब्बल बन्दै जाने र समाजको चौतर्फी विकास गर्नेमा आफू विश्वास्त रहेकाे धारणा राखे।
उनले सिग्मा स्कूल बालमैत्री शिक्षा प्रदान गर्ने र बालअधिकार सुनिश्चितताको विषयमा सधैं गम्भीर रहेको र आगामी पनि बालबालिकाका हरेक पक्षको समग्र विकास गरीअब्बल जनशक्ति निमार्ण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।