• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धन सिट बाँडफाँट : संख्याबाट उम्किन नपाउँदै प्रभावको भुंग्रोमा

64x64
डिबी खड्का मंगलबार, भदौ २८, २०७९  २०:२३
1140x725

काठमाडौं– ‘हामी निष्कर्षको नजिकमा पुगेका छौं। बैठक जारी छ। भोलि ३ बजे बैठक बसेर टुंग्याउने कोसिस गर्छौ’ गत साउन ३१ गतेको सत्ता गठबन्धनको बैठकपछि सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकबारे जानकारी दिँदै भनेका थिए।

‘निष्कर्षको नजिक’ त्यसअघि पनि सुनिसकेका पत्रकारले प्रतिप्रश्न गरे, ‘नजिक भन्नाले अबको कतिवटा बैठकपछि हामीले निर्णय सुन्न पाउँछौं?’

कार्कीले हाँस्दै जवाफ फर्काए- अलिक दिन आउँदै गर्नुहोस् न!

कार्कीले निष्कर्षनजिक भनेर बोल्न थालेको मंगलबार ३० दिन पूरा भएको छ। ‘अलिक दिन’ भन्दै बालुवाटार पुग्न थालेका पत्रकारको महिना पूरा भएको छ। तर अझै सत्ता गठबन्धनले सिट बाँडफाँटको निर्णय सुनाउने गरी प्रगति गरिसकेका छैनन्।

सुरुमै संख्याले सिर्जना गरेको सकस
सिट बाँडफाँट कार्यदललाई प्रतिनिधि सभा र प्रदेश सभाका लागि क्षेत्र समेत बाँडेर प्रतिवेदन बुझाउने कार्यभार थियो। तर, उनीहरुले संख्या समेत टुंग्याउन सकेनन् र अधुरो प्रतिवेदन शीर्ष नेतालाई बुझाए। प्रतिवेदनमा उनीहरुले जम्माजम्मी दोहोरो दाबी नपरेका ९० सिट टुंग्याएका थिए। तर, ७५ सिटमा कतिपयमा दोहोरो र कतिपयमा तेहरो दाबी पर्‍याे।

त्यसलाई मिलाउने उपाय नदेखिएपछि कार्यदलकै नेताहरुले अर्को उपाय ल्याए, ‘सिट संख्या बाँडफाँट गरेर मिलाउने। त्यसका लागि दलहरुले दाबी पेस गर्ने।’

भदौ ९ गते सबै दलहरुले कार्यदलमा आ-आफ्नो दाबी पेस गरे।

दाबीमा प्रतिनिधि सभाका लागि कांग्रेसले १०० सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चा पार्टीले २ सिट दाबी गर्‍याे। जम्मा १६५ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको दाबी जोड्दा पुग्यो- २३४। त्यसलाई सुक्ष्म रुपमा विश्लेषण गरेर घटाउँदा २१५ मा झरेको छ। ‘५० सिटमा दोहोरो र तेहरो दाबी छ। एक हप्तादेखि छलफल त्यहीँ केन्द्रित छ। थप प्रगति छैन’, कार्यदलका एक सदस्य भन्छन्।
कार्यदलका एक सदस्यका अनुसार क्षेत्रसमेत छुट्याउने गरी छलफल गर्ने कार्यादेश पाएको कार्यदल यही संख्यामा फस्यो। जुन संख्यालाई दलहरुले ‘पोजिसन’ बनाए र सहमति जुटाउन कार्यदलका सदस्यहरुलाई सकस पर्‍याे।

Ncell 2
Ncell 2
nimb
nimb

‘कार्यदलको बैठकमा संख्या दाबी नगरेको भए काम गर्न सहज हुन्थ्यो। संख्या घटबढ गरेर सम्झौता गर्ने गरी दलहरुले कार्यदलका सदस्यलाई जिम्मेवारी दिएका छैनन्। आफ्नो पार्टीको संख्या घटाउँदै उल्टै पार्टीमै अप्ठ्यारो पर्ने र दीर्घकालीन राजनीतिमा समस्या ल्याउने देखिएपछि जोखिम मोल्न सकिएन,’ एक सदस्य भन्छन्।

थपिएको शंका
भदौ २३ गते कार्यदलले आधा अधुरो प्रतिवेदन बुझायो। प्रतिवेदनले शीर्ष तहमा झन् आशंका सिर्जना गर्न थाल्यो। खासगरी १०० भन्दा कम सिट लिएर चुनावमा जाँदा कांग्रेसले बहुमत नल्याउने भन्दै उक्त पार्टीका नेताहरुले बोल्न थालेपछि सहयात्री दलहरु सशंकित भएको कार्यदलका एक सदस्य बताउँछन्। उनी भन्छन्, ‘गठबन्धन गरेर चुनाव लड्ने भनेको कांग्रेसको बहुमत पुर्‍याइदिएर सत्ता हस्तान्तरण गर्न होइन भनेर केही साथीहरुको मसिनो आवाज सुनिन त्यसपछि थालेको हो।’

कांग्रेसले १०० सिट प्रत्यक्षमा र ४० वरपर समानुपातिक जितेर एकल सरकार बनाउने रणनीति लिएको भन्दै सहयात्री दलमा चिसो पसेको देखिन्छ। मंसिर ४ को निर्वाचनपछि पनि गठबन्धनले नै सरकार चलाउने गरी निर्वाचनमा जानुपर्नेमा उनीहरु छन्। त्यसका लागि प्रत्यक्षमा कांग्रेसलाई ९० भन्दा तल रोक्नुपर्छ।

विशेषगरी सत्ता गठबन्धनभित्रको दोस्रो दल माओवादी केन्द्रले बढी दबाब महसुस गर्नेछ। कुनै सानो एक वा दुइटा दलसँग सहकार्य गर्दा मात्रै सरकार बन्ने अवस्था कांग्रेसको बन्यो भने ‘निर्णायक शक्ति’ बन्ने चाहनामा धक्का पुग्छ। ‘हामी आफ्नो भागमा कति पर्छ? भन्दा पनि अरुले कति पाउनुपर्छ भन्नेमा सक्रिय छौुं, सत्ता गठबन्धनका एक नेताले भने, ‘यसरी टुंगोमा पुगिँदैन।’

२०७४ सालको गठबन्धनको अनुभव भएका माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलको बैठकमा गरेको ठट्टा सुनाए। पुनले ठट्टा गर्दै भनेका थिए, ‘अहिले मिलाउने भनेको मोटामोटी नै हो। मसिनोगरी त मंसिर ४ गतेपछि मात्रै मिल्छ! पहिले वामगठबन्धन गर्दा पनि यस्तै भएको थियो।’

संख्याबाट उम्किन नपाउँदै प्रभावको भुंग्रोमा
संख्याको समस्यामा पनि सहमति जुटाउने गरी छलफल चलेको छ। दाबी गरेकोबाट पछि हट्नुपर्ने कुरामा दलका नेताहरु तयार नै छन्। कांग्रेसमा डा शेखर कोइराला पक्ष ९० भन्दा घट्नै नहुने पक्षमा छ। तर, संस्थापन पक्ष गठबन्धन जोगाएरै निर्वाचनमा जान ८३ देखि ८५ सिटमा सहमति गर्ने सकिने भन्दै छलफल चलाइरहेको छ।

माओवादी केन्द्र ४०, एकीकृत समाजवादी २० देखि २३ र जसपा २० वरपरमा आइपुग्दा संख्याको समस्या सल्टिने कार्यदलका नेताहरुको बुझाइ छ। तर, सोमबारदेखि छलफल संख्याबाट निस्केर प्रभाव क्षेत्रतर्फ पुगेको छ।

कार्यदलका सदस्यसमेत रहेका मन्त्री कार्कीले दोहोरो वा तेहरो दाबी भएका क्षेत्रमा दुईपक्षीय र त्रीपक्षीय छलफल सुरु भएको बताएका छन्। सोमबारको कार्यदलको बैठकपछि उनले दाबी गर्नेहरुबीच आपसमा छलफल गराउन थालिएको बताए। उनले भनेका थिए, ‘छलफल दुईपक्षीय, त्रिपक्षीय र सामूहिक रुपले भइरहको छ।’ 

प्रभाव क्षेत्र चार तरिकाले दाबी गरिएको छ- पहिलो, गएको निर्वाचन जितेको। दोस्रो, स्थानीय तहमा धेरै मत ल्याएको। तेस्रो, प्रभावशाली नेता र चौथो आधार क्षेत्र। 

‘कांग्रेसबाट जसरी पनि टिकट पाउनुपर्ने नेताहरु छन्, तर गएको निर्वाचनमा वामगठबन्धन हुँदा एकीकृत समाजवादी र माओवादी केन्द्रका नेतासँग पराजित भएका छन्। जितेकालाई नदिँदा पनि अन्याय हुने र कांग्रेसलाई नछाड्दा पनि समस्या पर्ने देखिन्छ’, कार्यदलका एक सदस्य भन्छन्, ‘एक दुई ठाउँ भए यताउता मिलाउन सकिन्छ। यस्ता क्षेत्र २० भन्दा बढी छन्।’

यसैगरी जसपाले दाबी गरेका अधिकांश सिट मधेस प्रदेशमा हुन्। किनभने जसपाको आधार क्षेत्र त्यही हो। त्यहाँको ‘ठूलो दल’ मान्नेगरी सम्झौता गर्न कांग्रेस तयार छैन। स्थानीय निर्वाचनमा ४६ पालिका जितेको कांग्रेसभन्दा २६ पालिका जितेको जसपाले त्यहीअनुसार दाबी गरिदेओस् भन्ने चाहन्छ। मधेस प्रदेशका ३२ सिट पनि अहिले सिट बाँडफाँटको प्रमुख समस्या बनिरहेका छन्।
 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्