दाङ- दाङमा डेंगु संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका- १४ निबासी ४० वर्षीया माया कुमारी बिसी रहेकी छन्।
उनी उपचारका लागि सोमबार बिहान घोराहीको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन्। उनलाई आइतबार डेंगु पुष्टि भएको थियो।
अक्सिजन लेभल र प्रेसर घटेर उनको मृत्यु भएको प्रतिष्ठानका चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
पछिल्लो समय दाङमा डेंगु संक्रमित हुनेको संख्या बढ्न थालेको छ। प्रतिष्ठानका अनुसार उपचारका लागि आउने ४ देखि ५ जनामा दैनिक डेंगु देखिन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।