• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संसद्‌बाट बिदा हुँदै गर्दा सभामुखले चाहेको ली भ्रमण र चीनको चासो

64x64
ईश्वर बराल सोमबार, भदौ २७, २०७९  १०:४४
1140x725

काठमाडौं– चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउँदै गर्दा उक्त भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको निम्तोमा आउँदै गरेका ली चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेतासमेत हुन्। आगामी १६ अक्टोबरमा सीपीसीको २०औँ राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहेका बेला अहिले चान्सु नेपाल भ्रमणमा आउन लागेका हुन्।

राष्ट्रपति सी पछि दोस्रो वरीयताका चिनियाँ नेता लीको नेपाल भ्रमणलाई  महत्त्वकासाथ हेरिएको छ। कुटनीतिज्ञ डाक्टर दिनेश भट्टराई नेपाललाई प्रयोग गरेर अन्य मुलुकबाट कुनै खतरा हुन्छ कि भनेर चिनियाँ पक्षको शृखंलाबद्ध भ्रमण बढेको बताउँछन्। ‘उनीहरूलाई नेपालबाट कुनै खतरा हुन्छ कि भन्ने छ। तिब्बत मामिला, ताइवानमा बढ्दो अमेरिकी उपस्थितिले सानो तर घनिष्ठ मुलुक नेपाल पनि प्रयोग हुनसक्छ भन्ने चिन्ता चीनलाई छ,’ नेपाल लाइभसँग कुरा गर्दै भट्टराई भन्छन्,‘यस्तो चिन्तालाई कम गर्न चिनियाँ पक्षको उच्चस्तरको भ्रमण भइरहेका छन्।’

त्यसो त भट्टराई लीको भ्रमणलाई सभामुखको निमन्त्रणामा भएको नियमित भ्रमणका रुपमा पनि बुझ्नु पर्ने बताउँछन्। नेपालका सभामुख सापकोटाको कार्यकाल सकिँदै छ। जाँदाजाँदै एक उच्च तहको भ्रमण होस् भन्ने सापकोटाको चाहना अनुसारकै निमन्त्रणामा ली नेपाल आउन लागेका भट्टराईको धारणा छ। ‘चीनको चासो र चिन्ता त प्रकट भएकै छन्। अर्को पक्ष भनेको हाम्रा सभामुख आफ्नो कार्यकालको अन्तिम समयमा छन्। उनको चाहना पनि चीन पक्षबाट उच्चतहको भ्रमण होस् भन्ने थियो र त्यहीअनुसार निमन्त्रणा पनि गरेका थिए,’ भट्टराईले भने।

‘चीनको सुरक्षाको चासो सामान्यत हुन्छ नै तर ली भ्रमणको केन्द्र भने संसदीय अनुभवको आदानप्रदान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक मुद्दा र जलवायु परिवर्तनका विषयमा छलफल हुन्छ,’ सभामुख सापकोटा निकट स्रोतले भन्यो। यता, सभामुख सापकोटाको सचिवालयले पनि ली को भ्रमण संसदीय अनुभव साटासाटमै केन्द्रित हुने बताएको छ। ‘लीको भ्रमणमा संसदीय अनुभव साटासाट गर्ने र संसदको प्रभावकारिता र रचनात्मक विकासका लागि चिनियाँ पक्षले दिने सहयोग सम्झौतामा हस्ताक्षर पनि हुन्छ,’ सचिवालयले नेपाल लाइभसँग भन्यो। 

कर्णेलको नेतृत्वमा सुरक्षा प्रबन्ध
ली को भ्रमणलाई लक्षित गरी सुरक्षाको जिम्मा भने नेपाली सेनालाई दिएको गृह स्रोतले बताएको छ।  नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) को नेतृत्वमा सुरक्षाको प्रबन्ध मिलाइएको छ। लीले गर्ने अधिकाशं भेटघाट नयाँबानेश्वरस्थित संसद भवनबाट गर्ने व्यवस्था मिलाइएकाले सेनाको नेतृत्वमा शसस्त्र प्रहरी र जनपद प्रहरी तैनाथ गरिएका छन्। स्मरणीय के छ भने नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र चिनियाँ सरकारको सहयोगमा निर्माण भएको हो। 

लीको नेपाल भ्रमणको कार्यक्रमः
सोमबार काठमाडौंमा उत्रिएपछि ली र सभामुख सापकोटाबीच द्विपक्षीय भेटवार्ता हुनेछ। सोमबार साँझै लीको सम्मानमा सभामुख सापकोटाले रात्रिभोज दिने कार्यक्रम छ।

मंगलबार लीले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी  शर्मा ओलीसँग भेट गर्ने कार्यतालिका रहेको परराष्ट्रले बताएको छ। त्यस्तै, बुधबार लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

रुस र मङगोलियाको भ्रमणपछि नेपाल आउन लागेका ली बिहीबार दक्षिण कोरिया प्रस्थान गर्ने चिनियाँ सञ्चारमाध्यमहरूले बताएका छन्। 

चिनियाँ पक्षको भ्रमण शृखंलाः
तत्कालीन नेकपाको सरकार हुँदा चिनियाँ राष्ट्रपति सी चिनफिङले २०७६ असोज अन्तिम सातामा दुई दिने नेपाल भ्रमण गरेका थिए। सोमबार काठमाडौं उत्रिन लागेका अध्यक्ष ली राष्ट्रपति सीपछि दोस्रो वरीयताका नेता हुन्।

यो बीचमा २०७७ मंसिरको मध्यमा चीनका रक्षामन्त्री वेई फेङहेले एकदिने नेपाल भ्रमण गरेका थिए। सोही वर्षको पुसमा तत्कालीन विदेश विभागका उपप्रमुख कुओ येचौ काठमाडौं आएका थिए। २०७८ चैतको दोस्रो साता चीनका विदेश मन्त्री वाङ यीले नेपालको भ्रमण गरेका थिए। ३ दिने नेपाल भ्रमणमा आएका यी र परराष्ट्रमन्त्री नारायाण खड्का बीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो।

यस्तै, गत असारको अन्तिममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले ४ दिने नेपाल भ्रमण गरेका थिए। लिउले आफू विभाग प्रमुख भएपछि पहिलो अन्तर्राष्ट्रिय भ्रमण नेपालबाट गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो बीचमा नेपालका परराष्ट्रमन्त्री नारायण खड्का उनका चिनियाँ समकक्षीको निमन्त्रणामा गत महिना चीन गएका थिए।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त भेटमा सुदृढ अमेरिका–नेपाल साझेदारीलाई थप अघि बढाउनेबारे छलफल भएको जनाइएको छ। मंगलबार, असोज २७, २०८३
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारल... मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी सहमहामन्त्री खुल्लातर्फ दुई पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको थियो । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना मंगलबार, असोज २७, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्