• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संसद्‌बाट बिदा हुँदै गर्दा सभामुखले चाहेको ली भ्रमण र चीनको चासो

64x64
ईश्वर बराल सोमबार, भदौ २७, २०७९  १०:४४
1140x725

काठमाडौं– चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउँदै गर्दा उक्त भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको निम्तोमा आउँदै गरेका ली चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेतासमेत हुन्। आगामी १६ अक्टोबरमा सीपीसीको २०औँ राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहेका बेला अहिले चान्सु नेपाल भ्रमणमा आउन लागेका हुन्।

राष्ट्रपति सी पछि दोस्रो वरीयताका चिनियाँ नेता लीको नेपाल भ्रमणलाई  महत्त्वकासाथ हेरिएको छ। कुटनीतिज्ञ डाक्टर दिनेश भट्टराई नेपाललाई प्रयोग गरेर अन्य मुलुकबाट कुनै खतरा हुन्छ कि भनेर चिनियाँ पक्षको शृखंलाबद्ध भ्रमण बढेको बताउँछन्। ‘उनीहरूलाई नेपालबाट कुनै खतरा हुन्छ कि भन्ने छ। तिब्बत मामिला, ताइवानमा बढ्दो अमेरिकी उपस्थितिले सानो तर घनिष्ठ मुलुक नेपाल पनि प्रयोग हुनसक्छ भन्ने चिन्ता चीनलाई छ,’ नेपाल लाइभसँग कुरा गर्दै भट्टराई भन्छन्,‘यस्तो चिन्तालाई कम गर्न चिनियाँ पक्षको उच्चस्तरको भ्रमण भइरहेका छन्।’

त्यसो त भट्टराई लीको भ्रमणलाई सभामुखको निमन्त्रणामा भएको नियमित भ्रमणका रुपमा पनि बुझ्नु पर्ने बताउँछन्। नेपालका सभामुख सापकोटाको कार्यकाल सकिँदै छ। जाँदाजाँदै एक उच्च तहको भ्रमण होस् भन्ने सापकोटाको चाहना अनुसारकै निमन्त्रणामा ली नेपाल आउन लागेका भट्टराईको धारणा छ। ‘चीनको चासो र चिन्ता त प्रकट भएकै छन्। अर्को पक्ष भनेको हाम्रा सभामुख आफ्नो कार्यकालको अन्तिम समयमा छन्। उनको चाहना पनि चीन पक्षबाट उच्चतहको भ्रमण होस् भन्ने थियो र त्यहीअनुसार निमन्त्रणा पनि गरेका थिए,’ भट्टराईले भने।

‘चीनको सुरक्षाको चासो सामान्यत हुन्छ नै तर ली भ्रमणको केन्द्र भने संसदीय अनुभवको आदानप्रदान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक मुद्दा र जलवायु परिवर्तनका विषयमा छलफल हुन्छ,’ सभामुख सापकोटा निकट स्रोतले भन्यो। यता, सभामुख सापकोटाको सचिवालयले पनि ली को भ्रमण संसदीय अनुभव साटासाटमै केन्द्रित हुने बताएको छ। ‘लीको भ्रमणमा संसदीय अनुभव साटासाट गर्ने र संसदको प्रभावकारिता र रचनात्मक विकासका लागि चिनियाँ पक्षले दिने सहयोग सम्झौतामा हस्ताक्षर पनि हुन्छ,’ सचिवालयले नेपाल लाइभसँग भन्यो। 

कर्णेलको नेतृत्वमा सुरक्षा प्रबन्ध
ली को भ्रमणलाई लक्षित गरी सुरक्षाको जिम्मा भने नेपाली सेनालाई दिएको गृह स्रोतले बताएको छ।  नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) को नेतृत्वमा सुरक्षाको प्रबन्ध मिलाइएको छ। लीले गर्ने अधिकाशं भेटघाट नयाँबानेश्वरस्थित संसद भवनबाट गर्ने व्यवस्था मिलाइएकाले सेनाको नेतृत्वमा शसस्त्र प्रहरी र जनपद प्रहरी तैनाथ गरिएका छन्। स्मरणीय के छ भने नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र चिनियाँ सरकारको सहयोगमा निर्माण भएको हो। 

लीको नेपाल भ्रमणको कार्यक्रमः
सोमबार काठमाडौंमा उत्रिएपछि ली र सभामुख सापकोटाबीच द्विपक्षीय भेटवार्ता हुनेछ। सोमबार साँझै लीको सम्मानमा सभामुख सापकोटाले रात्रिभोज दिने कार्यक्रम छ।

मंगलबार लीले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी  शर्मा ओलीसँग भेट गर्ने कार्यतालिका रहेको परराष्ट्रले बताएको छ। त्यस्तै, बुधबार लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन्।

Ncell 2
Ncell 2

रुस र मङगोलियाको भ्रमणपछि नेपाल आउन लागेका ली बिहीबार दक्षिण कोरिया प्रस्थान गर्ने चिनियाँ सञ्चारमाध्यमहरूले बताएका छन्। 

चिनियाँ पक्षको भ्रमण शृखंलाः
तत्कालीन नेकपाको सरकार हुँदा चिनियाँ राष्ट्रपति सी चिनफिङले २०७६ असोज अन्तिम सातामा दुई दिने नेपाल भ्रमण गरेका थिए। सोमबार काठमाडौं उत्रिन लागेका अध्यक्ष ली राष्ट्रपति सीपछि दोस्रो वरीयताका नेता हुन्।

यो बीचमा २०७७ मंसिरको मध्यमा चीनका रक्षामन्त्री वेई फेङहेले एकदिने नेपाल भ्रमण गरेका थिए। सोही वर्षको पुसमा तत्कालीन विदेश विभागका उपप्रमुख कुओ येचौ काठमाडौं आएका थिए। २०७८ चैतको दोस्रो साता चीनका विदेश मन्त्री वाङ यीले नेपालको भ्रमण गरेका थिए। ३ दिने नेपाल भ्रमणमा आएका यी र परराष्ट्रमन्त्री नारायाण खड्का बीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो।

यस्तै, गत असारको अन्तिममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले ४ दिने नेपाल भ्रमण गरेका थिए। लिउले आफू विभाग प्रमुख भएपछि पहिलो अन्तर्राष्ट्रिय भ्रमण नेपालबाट गरेका थिए।

यो बीचमा नेपालका परराष्ट्रमन्त्री नारायण खड्का उनका चिनियाँ समकक्षीको निमन्त्रणामा गत महिना चीन गएका थिए।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’ सर्वोच्च अदालतले सडक विस्तार रोक्न आदेश दिइसक्दा पनि सरकारले संरचना भत्काउन थालेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् हेटौँडामा कानुनी... शनिबार, मंसिर २०, २०८२
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो : राष्ट्रपति पौडेल ललितपुर महानगरको नवनिर्मित भवनको आज यहाँ आयोजित विशेष समारोहमा उद्घाटन गर्दै उनले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै... शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको... शनिबार, मंसिर २०, २०८२
ताजा समाचारसबै
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आइतबार, मंसिर २१, २०८२
एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै आइतबार, मंसिर २१, २०८२
चितवनविरुद्ध पोखरा ८ विकेटले विजयी शनिबार, मंसिर २०, २०८२
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना शनिबार, मंसिर २०, २०८२
दक्षिण अफ्रिकाको छात्रावासमा गोलीचल्दा ११ जनाको मृत्यु शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्