काठमाडौं– कास्कीको पोखरा महानगरपालिका वडा नं. १३ बाट आठ जना जुवाडे पक्राउ परेका छन्।
सूर्यकुमारी गुरुङको घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भदौ २५ गते राति पक्राउ गरेको हो।
जुवा खालबाट प्रहरीले नगद एक लाख सात हजार २५५ रुपैयाँका साथै २११ पत्ती तास बरामद गरेको छ। प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत जुवा खेल्ने वा सट्टा बाजी गर्न नहुने आरोपमा मुद्दा चलाउने तयारी गरेको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
पक्राउ पर्नेहरुमा तनहुँ देवघाट स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १३ मियापाटन बस्ने घरधनी ४४ वर्षीय सूर्यकुमारी गुरुङ, सर्लाही घर भई पोखरा ( ११ रानीपौवा बस्ने ३८ वर्षीय ललितकुमार बस्नेत, सोही ठाउँ बस्ने ३५ वर्षका रूपक बस्नेत, पोखरा -११ फुलबारी बस्ने ४० वर्षीय दिपक खड्का, पोखरा - ७ बस्ने ३१ वर्षका सूर्य थापा, पोखरा - ११ बस्ने ३७ वर्षीय रमेश ठकुरी, पोखरा - १३ बस्ने ४० वर्षका आशबहादुर गुरुङ र लमजुङ राईनाश -१० घर भइ हाल जिल्ला कास्की पोखरा - १० बस्ने वर्ष ४४ कमला गुरुङ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।