दाङ– प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले दाङ–२ बाट उपाध्यक्ष कृष्णबहादुर महरासहित तीन जनाको नाम सिफारिस गरेको छ।
जसमध्ये पूर्वमन्त्री रेखा शर्मा र दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको नाम सिफारिस भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्माले जानकारी दिए।
यो क्षेत्रबाट २०७४ को निर्वाचनमा महरा नै वाम गठबन्धनको तर्फबाट निर्वाचित भएका थिए। प्रमुख प्रतिपक्षी एमालेले महासचिव शंकर पोखरेललाई यो क्षेत्रबाट सर्वसम्म उम्मेदवार सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।