रुपन्देही– बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन्। तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन्।
बुटवल उपमहानगरपालिका–११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारले खोजी गरेका थिए।
सम्पर्कविहीन भएकामध्ये समीर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उनीसँग सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
‘परिवारमार्फत् बालकहरू सम्पर्कमा आएको खबर पाएका छौँ। अब बालकहरू आएपछि नै उनीहरू किन कसरी गए भन्ने कुरा थप अनुसन्धानपछि खुल्छ’, डीएसपी केसीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।