काठमाडौं– पुजारी हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। रौतहटको माधवनारायण नगरपालिका–२ खैस्रैया चोकमा रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहका हत्यारालाई प्रहरीले पक्राउ गरेको हो।
दुई वर्षअघि २०७७ भदौ ३ गते राति साढे ८ बजेतिर पुजारी साहलाई कन्चटमा गोली हानेर हत्या गरिएको थियो।
पुजारी हत्याको कर्तव्य ज्यान मुद्दा र संगठित अपराध मुद्दामा संलग्न रही फरार भएका रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियाका शेख विकाउ भनिने मोहमद कासिमलाई रौतहट प्रहरीले पक्राउ गरेको हो।
त्यसैगरी लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअट्ठा टोल बस्ने ४० वर्षीय नरेश साह भनिने रामनरेश साह कानू हुन्। उनलाई भदौ २४ गते प्रहरीले पक्राउ गरेका हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।