फाइल तस्बिर
काठमाडौं– निर्णायक हुने भनिएको सत्ता गठबन्धनको बैठक अनौपचारिकतामा सीमित भएको छ। शनिबार साँझ प्रधानमन्त्री निवासका बसेको बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएपछि अनौपचारिक छलफल गरेर टुंगिएको सहभागी एक नेताले बताए।
उनका अनुसार कार्यदलको एक हप्तायताको बैठक एउटै समस्या समाधानमा केन्द्रित छ। ‘भागबण्डा १६५ सिटको गर्नुपर्ने हो। तर, सबैको दाबी जोड्दा २१५ सिट पुगेको छ। यसरी बढी भएको ५० सिटको हिसाब कसरी मिलाउने? कसको दाबीमा कताबाट कसरी घटाउने? एक हप्तायताको छलफल यही विषयमा केन्द्रित भएको छ’, उनले भने।
सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने आफूहरु सहमतिको धेरै नजिक पुगिसकेको बताए। ’धेरै नजिक पुगिसकेका छौं। व्यवस्थित रुपले सार्वजनिक गर्न मात्रै बाँकी छ’, उनले भने।
उनले गठबन्धनबीच सिट बाँडफाँट चाँडै नै टुंगो लाग्छ भन्ने आफूले विश्वास दिलाउन चाहेको बताए। बैठक आइतबार बिहान साढे ८ बजे पुनः बस्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।