फाइल तस्बिर
काठमाडौं- सत्ता गठबन्धनको 'निर्णायक' भनिएको बैठक बिना निष्कर्ष सकिएको छ। शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेको हो।
सञ्चार मन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले आफूहरु सहमतिको धेरै नजिक पुगिसकेको बताए। 'धेरै नजिक पुगिसकेका छौं। व्यवस्थित रुपले सार्वजनिक गर्न मात्रै बाँकी छ', उनले भने।
उनले गठबन्धनबीच सिट बाँडफाँट चाँडै नै टुंगो लाग्छ भन्ने आफूले विश्वास दिलाउन चाहेको बताए। बैठक आइतबार बिहान साढे ८ बजे पुनः बस्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।