फाइल तस्बिर
सिरहा– निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ । सुरेशचन्द्र दासलाई पनि सोही क्षेत्रबाट सिफारिस गरिएको छ।
माओवादी केन्द्रको जिल्ला कार्यसमिति सिरहाले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेससभा दुवैतर्फ उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । जसअनुसार माओवादी केन्द्रले सिरहा–१ बाट प्रतिनिधिसभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवकाे नाम सिफारिस गरिएकाे छ।
प्रदेशसभा १ (क) बाट विजयकुमार गुप्ता, खडगनारायण चौधरी र नथुनी महतोलाई सिफारिस गरिएको छ भने प्रदेशसभा १ (ख) बाट हेमन्तकुमार यादव, महादेव चौधरी र उमेश यादवलाई सिफारिस गरिएको छ ।
प्रदेशसभा २ (क) बाट जीवछ यादव र अरविन्द यादव तथा प्रदेशसभा २ (ख) बाट सुनिताकुमारी महतो, हरिनारायण चौधरी, विष्णु न्यौपाने र मुक्तिनारायण सिंह सिफारिस भएका छन् ।
यस्तै, सिरहा–३ बाट विश्वनाथ साहको एकल नाम सिफारिस गरिएको छ । प्रदेशसभा ३ (क) बाट जगतप्रसाद यादव र तेजेन्द्र लामा, प्रदेशसभा ३ (ख) बाट महेश यादव र चन्देश्वर यादव सिफारिस भएका छन्।
यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट महेन्द्र पासमान र अजयशङ्कर नायक सिफारिस भएका छन् । यो निर्वाचन क्षेत्र नं. ४ (क) बाट दिलीप साह, प्रदीप तिवारी, कुसेश्वर साह र धनीकलाल यादव सिफारिस भएका छन् । प्रदेशसभा ४ (ख) बाट कसैको नाम सिफारिस भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।