काठमाडौं– वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)ले हरेक वर्ष प्रदान गर्ने भैरव रिसाल मिडिया फेलोशिप यस वर्ष पाल्पाका पत्रकार माधव प्रसाद अर्याललाई प्रदान गरिएको छ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ वातावरण पत्रकार भैरव रिसाल, एन्फोका अध्यक्ष राजिव जोशी र समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले पत्रकार अर्याललाई नगद २५ हजार र प्रमाणपत्र प्रदान गरे।
पत्रकार अर्याल दुई दशकदेखि वन, वातावरण र जनस्वास्थ्यको क्षेत्रमा कलम चलाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।