दाङ– नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले आसन्न निर्वाचनका लागि पाँच दलीय गठबन्धनबीचमा सिट बाँडफाँडको विषय अन्तिम चरणमा पुगेको बताएका छन्।
माओवादी केन्द्र दाङ क्षेत्र नं. १ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न शनिबार लमही आइपुगेका पूर्वसभामुख समेत रहेका महराले हालसम्म गठबन्धनभित्र एक सय सिटको बाँडफाँट टुंगिसकेको बताए।
उनका अनुसार दाङको तीनवटै क्षेत्रमा नेपाली काङग्रेस र माओवादीका बिचमा सहमति भएको भएपनि नेकपा एकीकृत समाजवादीलाई पनि सम्मानजनक सिट मिलाउँदा समय लागेको बताए। त्यो विषय पनि केहि दिनमै टुंगो लाग्ने महराको भनाइ छ।
‘एकीकृत समाजवादी पनि सत्ताको सहयात्री भएका कारण उसलाई पनि चित्त बुझाउनुछ, उसले मागेको जति सिट नपाउला, तर सम्मानजनक सिट दिएर सहमति गराउने प्रयास भइरहेको छ’ नेता महराले भने। निर्वाचन नजिक आइसकेको र प्रचारप्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।