काठमाडौं- प्रतिनिधि सभाको बैठक सरेको छ। शनिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएको छ।
अर्को बैठक भदौ २९ गते बिहान ११ बजेका लागि तोकिएको छ।
निर्वाचन आयोगले आगामी निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउने मिति असोज २ र ३ गतेका लागि तोकेको छ। जसअनुसार, प्रतिनिधि सभाको कार्यकाल असोज १ गतेसम्म मात्रै कायम छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।