दाङ- सरकारी वकिल कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका थुनुवालाई दाङ प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ।
प्रहरीले म्याद थप्न लगेको बेला शौचालयको झ्यालबाट भागेका थुनुवा लक्ष्मण विश्वकर्मालाई प्रहरीले पुन: पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बीरबहादुर ओलीले जानकारी दिए।
प्रहरीले बिहीबार अपराह्न म्याद थपका लागि सरकारी वकिल कार्यालय लगेको समयमा विश्वकर्मा दुई तला माथिको शौचालयको झ्यालबाट हाम फालेर भागेका थिए।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय विश्वकर्मा सुन र पैसा चोरीको अभियोगमा पक्राउ परेका हुन्।
म्याद थप नहुँदै भागेका विश्वकर्मालाई जिप्रका दाङबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति घोराही - १७ चौघेरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।