धनगढी- नेपाली कांग्रेस वीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले आगामी चुनावमा प्रतिनिधि सभातर्फ प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्ने घोषणा गरेका छन्।
शुक्रबार डडेल्धुरामा १०९औं वीपी जन्म जयन्ती तथा तथा बृहत् कार्यकर्ता भेलामा मल्लले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँग संघीय चुनावमा डडेल्धुराबाट प्रतिष्पर्धा गर्ने बताएका हुन्।
नेपाली कांग्रेसले उनलाई पार्टी विरोधी गतिविधि गरेको भन्दै वैशाखमा पार्टी सदस्य समेत नरहने पार्टीबाट हटाइएको थियो। मल्ल दुई पटक नेपाली कांग्रेस डडेल्धुराको सभापति भएका थिए। २०७४ सालको प्रदेशसभाको निर्वाचनमा डडेल्धुराको ‘ख’ क्षेत्रबाट निर्वाचित भएका थिए। नेपाली कांग्रेसले पार्टीबाट निष्काशन गरेपछि मल्ल कांग्रेस बिपीमा प्रवेश गरेका थिए।
देउवा सधैंझैं यसपटक पनि गृह जिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा लड्दैछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।