धनगढी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सबै दललाई एकतावद्ध गर्न गठबन्धन गरिएको बताएका छन ।
शुक्रबारधनगढीमा आयोजित जनताको साथमा नेपाली कांग्रेस राष्ट्रिय अभियानअन्र्तगत बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा आयोजित क्षेत्रीय भेलामा पूर्वमन्त्री समेत रहेका नेता साउदले देश विकास र संविधानको रक्षाका लागि गठबन्धन गरिएको बताएका हुन । उनले गठबन्धन बलियो भए मात्रै कांग्रेस पनि बलियो हुने बताए ।
‘गठबन्धन निर्वाचनलाई लक्षित गरेर बनेको होइन’ उनले भने– ‘सबै राजनीतिक दलला एक ठाउँमा ल्याउन बनेको हो । नेपाली कांग्रेसले गठबन्धनको नेतृत्व गरेको मात्र हो ।’
उनले सबै दलको अस्तित्व कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए । ‘नेकपा माओवादी, एमालेबाट फुटेर स्थापना भएको अर्को दलसँगै स–साना दललाई समेटेर सबैलाई एक ढिक्का गर्न कांग्रेस लागिरहेको छ’ उनले भने । उनले गठबन्धन जोगाएर लैजान आवश्यक रहेको बताए । उनले भने –‘कैलाली भनेको कांग्रेसको बाहुल्य रहेको क्षेत्र हो । यहाँ पार्टीभित्र रहेको मानिस र पार्टीलाई पनि न्याय हुनेछ । पार्टीले जित्ने उम्मेदवारनै छनौट गर्छ ।’
उनले कांग्रेस बलियो शक्ति भएपनि केही कमि कमजोरीका कारण देशभर कमजोर बन्ने गरेको बताए । ‘पहिलो कुरा त उम्मेदवार छनौट गर्दा कमजोरी हुन्छ । दोस्रो म र मेराले पाउनुपर्छ भन्ने जस्ता कुराले कांग्रेसले जित्ने चुनाव पनि हार्नुपरेको छ’ उनले भने, ‘अबको निर्वाचनमा म, मेरा होइन योग्य र जित्ने व्यक्तिलाई उम्मेदवार बनाइनेछ । कांग्रेस सबै एक भएर लागौं ।’
कांग्रेसको पहिलो चरणअन्र्तगत कैलालीको क्षेत्र नं. १ बाट शुरु भएको सो अभियानको शुक्रबार क्षेत्र नं. ५ मा क्षेत्रीय भेला आयोजना गरी समापन गरिएको छ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शुशिला मिश्र भट्ट, जीवन राना, नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, प्रदेश समितिका कोषाध्यक्ष उत्तम कठायत, प्रदेश सदस्य डाक्टर मेराज आलम अन्सारी, रामबहादुर देउवा लगायतका महासमिति सदस्य, जिल्लाका पदाधिकारी, क्षेत्रीय पदाधिकारी तथा सदस्यहरु सहभागी थिए।
क्षेत्रीय उपसभापति सिताराम रानाले कांग्रेसभित्रको अन्र्तघात अन्त्य नभएसम्म बलियो मानिएको क्षेत्रमा पनि पराजय व्यहोर्नु पर्ने अवस्था नहट्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।