काठमाडौं– आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले ५ वर्षमा गर्न सकिने मात्रै लेख्ने बताएका छन्। समग्रमा भने १५ वर्षको सपना बोक्नुपर्ने उनले उल्लेख गरेका छन्।
बीपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजल पुगेका उनले यस्तो बताएका हुन्। गत वर्ष आजकै दिन उनले त्यहाँ रुद्राक्षको बिरुवा रोपेका थिए। शुक्रबार त्यसमा पानी हाल्न पुगेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘पाँच वर्षमा जे गर्न सकिन्छ, त्यो सोचौं, त्यही लेखौं, अनि एक भएर त्यो पूरा गरौं । तर समग्रमा नेपालको १५ वर्षको सपना कोरौं!’
गत वर्ष बीपीलाई लामो समय बन्दी बनाइएको ठाउँ सुन्दरीजल पुगेर उनले महामन्त्रीको उम्मेदवारी घोषणा गरेकका गिए। सोही क्रममा रुद्राक्षको बिरुवा रोपेका हुन्। शर्मा यसपल्ट पनि झापा १ बाटै प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।