फाइल तस्बिर
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आसन्न निर्वाचनमा माओवादी केन्द्र देशकै ठूलो वामपन्थी दल बन्ने गरि गठबन्धनमा तालमेल हुने बताएका छन्।
शुक्रबार पोखरामा पार्टी निकट जनस्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘हाम्रो लक्ष्य के छ भने यो प्रदेश र संघको निर्वाचनमा जाँदा गठबन्धनमा तालमेल पनि यसरी होस्, माओवादी केन्द्र देशको पहिलो वामपन्थी पार्टी बनोस् र देशको निर्णायक राजनीतिक शक्ति बनोस्,’ प्रचण्डले भने,‘हामी त्यही ढङ्गले तालमेल गर्देछौँ।’
यस्तै प्रचण्डले बैशाखको स्थानीय तह निर्वाचनमा पहिलो कम्युनिष्ट शक्ति बन्ने अवसरबाट चुकेको पनि बताएका छन्। उनले भने,‘पार्टीको तर्फबाट मैले भन्ने गरेको छु। पहिला जितेकालाई बचाउन मात्र सकेको भए र पछिकोलाई कायम गर्न सकेको भए। हामी पहिलो कम्युनिष्ट शक्ति हुने अवसर थियो। तर, हामी निर्णयक तेस्रो शक्तिमात्र भयौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।