काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकास र समृद्धि नहुने बताएका छन्। शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासको सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने बताए।
उनले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समूदायबीच सहकार्य हुनुपर्ने जिकिर गरे। सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नम्बर १ ले देखाएको दावी गरे। उनले समुदायमा काम गर्दा पारदर्शी हुनुपर्ने धारणा राखे।
नेता सिंह र बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठद्वारा सांसद विकास कोष अन्तर्गतको रकमबाट सामुदायिक भवन एवं सुवर्ण पार्क निर्माण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।