फाइल तस्बिर
काठमाडौं- सत्तारूढ गठबन्धनको सिट बाँडफाँट कार्यदलले बुझाएको अधुरो प्रतिवेदनमा शुक्रबार शीर्ष नेताहरू छलफल गर्दैछन्। दिउसो ३ बजेपछि हुने छलफलमा मिल्न बाँकी ३२ सिटका विषयमा सहमति जुटाउने प्रयास हुनेछ।
कार्यदलका एक सदस्यका अनुसार ३०-३२ वटा सिटमा गठबन्धनका चारै दलले जितको सम्भावना देखेपछि बाँडफाँट जटिल बनेको हो।
कांग्रेसले दाबी गरेको ४७ सिट, माओवादीले दाबी गरेको १२ सिट, एकीकृत समाजवादीले दाबी गरेको ९ सिट, जसपाले दाबी गरेको ११ सिटमा दोहोरो दाबी छैन।
एमाले प्रभावशाली रहेका केही सिट पनि सकेसम्म कांग्रेसको जिम्मा लगाउने प्रयासमा साना दल छन्।
कार्यदलको छलफलपछि बसेको शीर्ष तहको बैठकमा भने संख्यामा समस्या सिर्जना भएको थियो। विशेषगरी जनता समाजवादी पार्टीले तराई-मधेस केन्द्रमा राखेर ३० सिट दाबी गरेको छ। जम्मा ३२ सिट रहेको मधेश प्रदेशमै २० भन्दा बढी अपेक्षा गरेका छन्। कांग्रेसले पनि मधेश प्रदेशमै गुमेको प्रभाव फर्काउने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।