काठमाडौं– गठबन्धनको कार्यदलले दलका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको पाँच दलीय गठबन्धनको कार्यदलले प्रतिवेदन तयार पारी दलका शीर्ष नेताहरुलाई बुझाएको हो ।
बैठकपछि संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले तयार पारेकाे प्रतिवेदनलाई शीर्ष नेताहरुलाई बुझाएकाे जानकारी दिए ।
उनले प्रतिवेदनका बारेमा कार्यदल र शीर्ष नेताहरुका बिचमा गहन छलफल भएको र सिट बाँडफाँट सम्मानजनक र न्यायोचित तवरले हुनेमा आफू विश्वस्त रहेको बताए ।
‘प्रतिवेदनमा हामीले हाम्रो दृष्टिकोण राखेका छौं। त्यसमा शीर्ष नेताले थप छलफल गरेपछि त्यसको निष्कर्ष अवगत गराइन्छ’ कार्कीले भने ।
कार्यदलका सदस्यसमेत रहेका मन्त्री कार्कीले भने, ‘प्रतिवेदनका बारेमा कार्यदल र शीर्ष नेताका बीचमा छलफल भयो। भोलि ३ बजे पनि छलफल हुन्छ।’
कार्यदललाई सरकारमा रहेका पाँच दलबीच प्रतिनिधिसभा र प्रदेश सभातर्फ सिट बाँडफाँट लगायत विषयमाथि निस्कर्षसहित प्रतिवेदन तयार पार्ने जिम्मा थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।