फाइल तस्बिर
काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रक्रियापछि देशलाई आर्थिक विकासमा गति दिन ऐन, कानुनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरुका बीचमा सहकार्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय मित्रहरुसँगको सहकार्यलाई नयाँ उचाइमा उठाइने बताएका छन्।
बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिटमा सम्बोधन गर्दै उनले गत निर्वाचनअघि आफूले नेपाली जनता र अन्तर्राष्ट्रिय मित्रहरुको सामु राजनीतिक परिवर्तन र स्थिरताका निम्ति धेरै मेहनत गरेको भनेको र आर्थिक समृद्धिका लागि ध्यान केन्द्रित गर्ने भनेर केही प्रयोग गरेको बताए।
’ती प्रयोग सोचेजस्तो गरी सफल भएनन्। अब हामी दोस्रो ’डेमोक्रेटिक इलेक्सन’लाई निष्कर्ष दिने प्रक्रियामा छौँ। मलाई विश्वास छ, मैले त्यतिबेला जे ’कमिटमेन्ट’ गरेको थिएँ। अब मेरो हैसियतमा, राजनीतिक स्थिरतापछि मेरो सम्पूर्ण जीवन अब आर्थिक विकास र समृद्धिका निम्ति सामाजिक न्याय र समानताका निम्ति समर्पित गर्ने ’कमिटमेन्ट’ गरेको थिएँ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।