• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयकबारे गहन परामर्शमा राष्ट्रपति, उपेन्द्र यादवदेखि पूर्वसुरक्षाकर्मीसँग भेट्दै 

64x64
नेपाल लाइभ बिहीबार, भदौ २३, २०७९  ११:०१
1140x725

काठमाडौं– नागरिकता विधेयक प्रमाणीकरण गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले छलफल थालेकी छन्। अघिल्लोपटक फिर्ता पठाएको विधेयक संघीय संसद्‌बाट जस्ताको त्यस्तै फेरि प्रमाणीकरणका लागि आएपछि राष्ट्रपति भण्डारी गहन परामर्शमा जुटेकी हुन्।

साउन २९ गते सघीय संसद्‍बाट पारित भएको विधेयकलाई राष्ट्रपति भण्डारीले १५ बुँदे टिप्पणी गर्दै फिर्ता पठाएकी थिइन्। भण्डारीले फिर्ता पठाएपछि सत्ता गठबन्धनको बैठक बसेर उक्त विधेयक जस्ताको त्यस्तै पारित गरेर पठाउने निर्णय गरेको थियो। 

लगत्तै प्रतिनिधि सभाले उक्त विधेयकलाई पेस गर्दै  पुरानै अवस्थामा पारित गरेको थियो। राष्ट्रिय सभामा भने उक्त विधेयक केही समय रोकिएको थियो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विधेयक पठाइएको थियो। समितिले २ दिन छलफल गर्दै बहुमतले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो।  

समिति हुँदै आएको उक्त विधेयकमा कुनै पनि परिर्वतन भएको थिएन। राष्ट्रिय सभाले उक्त विधेयक भदौ १७ गते पारित गरेको थियो। राष्ट्रिय सभाबाट पारित भएपछि जानकारीका लागि प्रतिनिधि सभामा आएको थियो। 

संघीय संसद् सचिवालयले भदौ २० गते उक्त विधेयक दोस्रो पटक राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएको थियो। तीन दिनदेखि उक्त विधेयकमाथि राष्ट्रपतिले परामर्श गरिरहेकी छन्। 

विधेयकको पक्ष र विपक्ष दुवैतिर लबिइङ गरिरहेका समूहलाई भण्डारीले भेट गरिरहेकी छन्। बुधबार  साना कम्युनिस्ट पार्टीका नेताहरुसँग भेट गर्दै नागरिकता विधेयकबारे छलफल भएको थियो। 

वैज्ञानिक समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी लगायतले नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने भन्दै राष्ट्रपतिलाई भेटेको थिए। त्यस्तै, बिहीबार पनि उनले छलफल गर्ने क्रम जारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

जसपा नेताहरूसँग छलफल गर्दै राष्ट्रपति 
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका बारेमा छलफलका लागि बिहीबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुलाई बोलाएकी छन्। सत्ता पक्षमा रहेका यादवले नागरिकता विधेयक रोक्न नहुने कुरा उठाउँदै आएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले यादवसहितका नेताहरुसँग २ बजे राष्ट्रपति कार्यालयमा छलफल हुने कार्यक्रम रहेको बताए। बाबुराम भट्टराईसँग विभाजन भएपछि यादव सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमाले दुवैतिर सम्पर्कमा छन्। 

मंसिर ४ गने हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनमा भागबन्डाको रस्साकस्सी चलिरहेको समयमा राष्ट्रपतिसँग यादवले भेट्न लागेका हुन्। सत्ता पक्ष गठबन्धन नागरिकता विधेयकको विषयमा एकै ठाउँमा रहेका छन्। उनीहरु छिटै राष्ट्रपतिले यसलाई प्रमाणीकरण गर्नुपर्ने भन्दै आएका छन्। 

मधेशकेन्द्रित राजनीति गरिरहेका यादवपछि राष्ट्रपतिले लोसपाका नेताहरु महन्थ ठाकुर लगायतसँग पनि छलफल गर्ने तयारी गरेकी छन्। त्यस्तै, पूर्वसुरक्षाकर्मीसँग पनि राष्ट्रपतिले छलफल गर्ने कार्यक्रम छ। दिउँसो ३ बजे पूर्वसुरक्षाकर्मीहरुसँग छलफल रहेको ढकालले बताए। 

दोस्रोपटक फिर्ता पठाउन मिल्छ? 
पहिलोपटक प्रतिनिधिसभाले साउन ७ गते नागरिकता संशोधन विधेयक बहुमतले पारित गरेको थियो। सोही विधेयक साउन १२ गते राष्ट्रिय सभाबाट पारित भएको थियो।  दुवै सदनबाट पारित भएपछि त्यसपछि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो।  

दुवै सदनमा बहुमतमा रहेको सत्ता पक्षले उक्त विधेयकलाई छोटो अवधिमा पारित गरेको थियो। लामो समयदेखि संसद्‌मा विचाराधीन रहेको विधेयकलाई फिर्ता लिएर नयाँ दर्ता गराउँदै पारित गरिएको थियो। अघिल्लो सरकारले दर्ता गरेको विधेयक फिर्ता लिई सरकारले असार २४ गते नागरिकता ऐनमा संशोधन विधेयक दर्ता गरेको थियो। तत्कालीन समयमा संसद्‌मा राज्य व्यवस्था समितिमा छलफल भई बहुमतले पारित भएर समितिमा आएको थियो। 

विधेयकमाथि धेरै सांसदहरुले संशोधन हालेका थिए। तीमध्ये केही मात्र सम्बोधन भएका थिए।  एमालेका कतिपय सांसदले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै जारी हुनसक्ने व्यवस्था गर्न माग गरेका थिए। विषयगत समितिमा पनि नपठाई दुई हप्तामै विधेयक पारित गरेर प्रमाणीकरणका लागि पठाइएको थियो। 

विषयगत समितिमा विधेयक पठाई छलफल गर्नुपर्ने र वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा राख्नुपर्ने प्रतिपक्ष एमालेको मागलाई सरकारले अस्वीकार गरेको थियो। त्यसपछि एमालेले विधेयक फिर्ता पठाउनुपर्ने सार्वजनिक रुपमै माग गरेको थियो। 

एमालेको मागजस्तै राष्ट्रपतिले पनि विधेयकमा समेटिन आवश्यक भन्दै १५ बुँदे टिप्पणी गरेकी थिइन्। पहिलो पटक फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई संविधानले नै दिएको थियो। संविधानको धारा १११ र ११३ अनुसार राष्ट्रपतिले आवश्यक ठानेमा प्रतिनिधि सभामा सन्देशसहित पुनर्विचारका लागि विधेयक फिर्ता पठाउन सक्छ। 

राष्ट्रपति भण्डारीले संविधानको यही व्यवस्था अनुसार फिर्ता पनि गरेकी थिइन्। संविधानको धारा ११३ को उपधारा ४ अनुसार अब १५ दिनभित्र विधेयक प्रमाणित गर्नुपर्ने छ। उनीसँग फिर्ता पठाउने वा अरु कार्य गर्न पाउने अधिकार संविधानले दिएको छैन। राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले नागरिकता विधेयक राष्ट्रपति कार्यालय आएको र आएपछि त्यसले स्वाभाविक रुपमा एउटा बाटो लिने बताए।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
सम्बन्धित सामग्री
चुनौतीबीच जिम्मेवारी निर्वाह गर्न कानुन अधिकृतलाई मन्त्री गौतमको निर्देशन उनले सार्वजनिक नीति, कानुन निर्माण तथा संस्थागत निर्णय प्रक्रियामा कानुन समूहका जनशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरि... शुक्रबार, जेठ २२, २०८३
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनी... शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा ५ दिने भ्रमण सकेर नयाँ दिल्लीबाट उनी आज केही समय अघि नेपाल आइपुगेको लामिछानेको सचिवालयले... शुक्रबार, जेठ २२, २०८३
ताजा समाचारसबै
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन शनिबार, जेठ २३, २०८३
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै शनिबार, जेठ २३, २०८३
आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने शनिबार, जेठ २३, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्