काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतका नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिएका छन्।
देउवाले आज एक सन्देशमार्फत प्रधानमन्त्री ट्रसलाई उनको सफल कार्यकालका लागि शुभकामना र बेलायती जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रमुख विकास साझेदारका रूपमा नेपालले बेलायतसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपालको विकास प्रयासमा बेलायतले गरेको महत्वपूर्ण सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन्।
प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) मा सहभागी हुन गएको बेलायत भ्रमणको स्मरण गर्दै जलवायु कार्य र हरित विकासमा नेपालको दृढ प्रतिवद्धतालाई ध्यानमा राख्दै नेपालले गरेका प्रतिवद्धतामा बेलायतजस्ता विकास साझेदारको समर्थन रहने विश्वास व्यक्त गरेकाे सन्देशमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।