फाइल तस्बिर
काठमाडौं– सत्ता गठबन्धनमा सिट बाँडफाँटका कार्यदलको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवासमा साढे ५ बजेदेखि बैठक जारी रहेको हो। चुनावी तालमेल गर्न सहमति जुटाउने दाबी सत्तारुढ दलहरुले गरेका छन्।
एक महिनादेखि सत्तारुढ दलको कार्यदल निरन्तर छलफलमा छ। सबै दलहरुले आ–आफ्नै अडान कायम राख्दा सहमति हुन सकेको छैन। कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलमा सबै दलहरुले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि दावी पेश गरिरहेका छन्।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।
यही दाबीको बिचमा सहमति खोज्ने प्रयास चलिरहेको छ। असोज २ गते निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची बुझाउनुपर्ने भएकाले दलहरु अन्तिम रस्साकस्तीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।