दाङ– शौचालयमा लडेर दाङको तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ कपडादेबी निवासी ३८ वर्षीया कमला लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिएका छन्।
छिमेकी दिदी नाता पर्ने सोही ठाउँ निवासी तेजकुमारी लामिछानेको घरमा बुधबार बिहान साढे ६ बजेतिर शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टो परेको ढलेको अवस्थामा फेला परेकी थिइन्।
तत्काल उद्धार गरी उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएका तर चिकित्सकले मृत घोषणा गरेका थिए।
घरमा श्रीमानसँग सामान्य विवाद भएपछि कमला मंगलबार बेलुका ७ बजे छिमेकी दिदी तेजकुमारीको घरमा आएको प्रहरीले बताएको छ। पोष्टमार्टम रिपोर्टमा ‘नर्मल’ देखिएपछि लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।