सांकेतिक तस्बिर
दाङ- ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको रोहिनी गाउँपालिका–६ का वर्ष २६ सखर खाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए।
मृतक ट्रकका सहचालक हुन्। दुर्घटनामा मृत्यु भएका खाँको शवलाई अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
प्रवक्ता गौतमका अनुशार घोराहीबाट भैँसीको छाला बोकेर बिराटनगरतर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा बुधबार दिउँसो साढे १ बजेतिर दुर्घटना भएको हो।
ट्रक ब्रेके फेल भएर दुर्घटना भएको पाइएको छ। दुर्घटना चालक र ट्रक धनी सम्पर्कविहीन भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।